काठमाडौँ । काठमाडौँबाट लमजुङ गइरहेको हायस नुवाकोटको शिवपुरीस्थित चापाकोटमा दुर्घटना भएको छ। हायसमा १८ जना यात्रु सवार रहेको नुवाकोट प्रहरी प्रवक्ता तिलक भारतीले प्रशासनलाई बताए ।
उनका अनुसार ग १ ख ४५२५ नम्बरको हायस सडकबाट डेढ सय मिटर तल खसेको थियो। दुर्घटनामा ११ जना घाइते भएका छन्। २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको भारतीले जानकारी दिए ।