२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात

अ+ अ-

बैतडी । महाकाली नदीमा लडेर बेपत्ता भएका मजदुर चार दिनसम्म पनि फेला पर्न सकेका छैनन् । शुक्रबार जिल्लाको पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी भारतको पिथौरागढबाट मजदुरी गरेर घर फर्किरहेका बेला नेपाल–भारत सीमा नजिक दशरथचन्द नगरपालिका–८ झुलाघाटस्थित बसपार्क नजिकैबाट महाकालीमा लडेर बेपत्ता भएका थिए । 

शुक्रबार बिहान ११ बजेतिर जिप चढ्ने तयारी गरिरहेका अमर एक्कासि चिप्लिएर महाकाली नदीमा खसेका हुन् । बेपत्ता अमरको खोजीका लागि महाकाली किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए । 

बेपत्ता अमरको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल महाकाली किनार क्षेत्रमा परिचालन गरिएको छ । साथै खोजीका लागि भारतीय सुरक्षाकर्मीलाई पनि आग्रह गरिएको छ । लगातारको वर्षाले महाकालीको बहाव बढ्नाका साथै पानी धमिलो भएकाले खोजतलासमा समस्या भएको प्रवक्ता ढुङ्गानाले बताए । 

प्रतिक्रिया दिनुहोस