२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चको फैसलासँगै पत्रकार ढुङ्गाना र कँडेल जेल चलान

अ+ अ-

काठमाडौँ । अदालतको मानहानी ठहर भएसँगै पत्रकार द्वय नवीन ढुङ्गाना र युवराज कँडेल जेल चलान भएका छन् । उनीहरू केन्द्रीय कारागार जगन्नाथ देवल चलान भएका हुन् ।

सर्वोच्च अदालतको फैसला लगत्तै पत्रकार ढुङ्गानाले फेसबुकमार्फत फैसलालाई सम्मान गर्दै केन्द्रीय कारागार जगन्नाथ देवल चलान भएको जनाएका छन् । ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै म र मेरो प्रकाशक एवम् तपाईँहरूको प्रिय प्रस्तोता युवराज कँडेल केन्द्रीय कारागार जगन्नाथ देवल चलान भएका छौँ ।’ उनले लेखेका छन् ।

ढुङ्गानाले जेलबाट छुटेसँगै फेरि सञ्चाकर्ममै रहने र विचलित नहुने बताएका छन् । ‘प्रिय पाठक र श्रोताहरू हामी फेरि समाचार लेख्नै आउने छौँ । हामी समाचार लेख्न नै जन्मिएका हौँ । समाचारको धर्मबाट कहिल्यै विचलित हुने छैनौँ’, ढुङ्गानाले भनेका छन् ।

सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई ६ महिना कैद सजाय सुनाएको थियो । यसैगरी सिधा कुराका कँडेल र ढुङ्गानालाई जनही ३ महिना कैद सजाय सुनाएको थियो । यद्यपि, माफी मागेमा ७ दिन मात्र कैद बस्नुपर्ने फैसलामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस