२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’द्वारा युद्धस्तरमा पुन:निर्माणका काम थाल्न अनुरोध

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयताको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी, घाइतेहरूको नि:शुल्क उपचार र विस्थापितहरूको पुन:स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 

अध्यक्ष दाहालले आज एक विज्ञप्ति जारी गरी विपद्मा परी एक सय जनाभन्दा बढीको ज्यान गइसकेको, ठूलो सङ्ख्यामा बेपत्ता र घाइते भएका तथा हजारौँ नागरिक घरबार विहीन भएका व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गरेका छन् । उनले राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति आफू र पार्टीका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

“अहिले पनि ठूलो सङ्ख्यामा नागरिक बेपत्ता भएकाले उनीहरूको खोजी गर्नु, घाइतेहरूको उपचार गर्नु, घरबारविहीन भएकाहरूलाई सुरक्षित गर्दै पुनः स्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हो”, अध्यक्ष दाहालले भने, “अहिले पनि विभिन्न स्थानमा मुख्य राजमार्गसहित सडक, सञ्चार र विद्युत्का पूर्वाधार क्षतिग्रस्त अवस्थामा छन् । नेपालीहरूका मुख्य पर्व दसैँतिहार नजिकिएकाले युद्धस्तरमा पुनः निर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरुपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँदछु ।”

उनले आफ्नो पार्टीका सम्बन्धित क्षेत्रमा रहेका सबै नेता कार्यकर्ता साथीहरू उद्धार र पुनः स्थापनाको काममा लागिरहेको बताएका छन् । साथै अध्यक्ष दाहालले उहाँहरूलाई बेपत्ता नागरिकको खोजी, विस्थापितहरूको पुनः स्थापना, क्षतिग्रस्त संरचनाको पुनः निर्माणमा लाग्न निर्देशन दिएका छन् । 

प्रतिक्रिया दिनुहोस