१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तम्घास-रिडी, रुद्रबेणी–वामीटक्सार र कालीगण्डकी करिडोर अवरुद्ध

अ+ अ-

गुल्मी । अविरल वर्षाका कारण तम्घास–रिडी र रिडी–रुद्रबेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । तम्घास–रिडी सडकखण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–११ उर्लेनी, गुल्मीदरबार गाउँपालिका–४ को वीरबास र छत्रकोट गाउँपालिका–३ को लुम्छामा सडकमाथिबाट पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध बनेको हो । 

त्यसैगरी रिडी–रुद्रबेणी–वामीटक्सार सडकखण्डमा पर्ने सत्यवती गाउँपालिका–६ स्थित डहरेखोलामा जलसतह बढेको र चन्द्रकोट गाउँपालिका–८ को मजुवा बजार नजिकै बाघ खोलामा सडकमाथिबाट पहिरो खसेपछि शुक्रबार बेलुकीदेखि सडकसमेत अवरुद्ध बनेको हो । 

साथै कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटमा सडकमाथिबाट पहिरो खसेपछि गएरातिदेखि सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि सदरमुकाम तम्घास, वामीटक्सार र कालीगण्डकीको पूर्तिघाटदेखि पाल्पा, बुटवल र काठमाडौँसम्म छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । हाल सडक सञ्चालनका लागि पहल भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस