२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्कारमुखी शिक्षामा जोड

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले संस्कारमुखी शिक्षा आवश्यक रहेकामा जोड दिएका छन् ।

शिक्षा विकास निर्देशनालय पोखराद्वारा आयोजित माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संशोधन र शैक्षिक तथ्यांकसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले घोकन्तेभन्दा संस्कारमुखी शिक्षा आवश्यक रहेको बताए।

मन्त्रालयले यस आर्थिक वर्षको बजेटमा व्यावसायिक र नैतिकवान् शिक्षालाई जोड दिएको बताउँदै उनले ‘फ्राइडे फर फ्युचर’, सिक्दै कमाउँदै, अभिभावक शिक्षालगायत कार्यक्रमलाई समेटिएको जानकारी दिए। यी कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि उनले निर्देशन दिए।

शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षा आवश्यक भएको उनको भनाइ छ । उनले भने “मन्त्रालयले राखेको अभिभावकमुखी शिक्षा नयाँ कार्यक्रम हो । यसलाई प्रभावकारी बनाउन आवश्यक छ । शैक्षिक क्षेत्रलाई सुदृढीकरण गर्न यस्ता कार्यक्रमले मद्दत पुग्छ ।” तथ्यांकको विश्वसनीयतामा शंका नआउने गरी यथार्थपरक तथ्यांक उपलब्ध गराउनुपर्ने बताउँदै उनले तीनवटै तहको सरकार मिलेर शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने धारणा राखे।

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रघुराम विष्टले कक्षा १० का विद्यार्थीको ‘सर्टिफिकेट’मा नाम थर, जन्म मितिका बारेमा ध्यान दिन आवश्यक रहेको बताए।

यसका लागि अभिभावकमुखी शिक्षा प्रभावकारी हुने बताउँदै उनले सही तथ्यांकको आवश्यकतामा जोड दिए। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव तोयानाथ लम्सालले प्रदेश स्तरमा शैक्षिक तथ्यांकको विश्वसनीयता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए। मन्त्रालयले बिग्रँदो, हराउँदो संस्कारलाई परिवर्तन गरी समाज र व्यक्ति सुधार गर्न शिक्षा क्षेत्रमा नयाँ कार्यक्रम ल्याएको उनले बताए।

मन्त्रालय अन्तर्गत प्रदेशका ११ वटै जिल्लाका विभिन्न कार्यालयलाई प्रभावकारी बनाउन साझेदारी मोडलमा बजेट विनियोजन गरिएको उनले जानकारी दिए। शिक्षा निर्देशनालय पोखराका प्रमुख अम्बिका आचार्यले मुस्कानसहितको गण्डकी प्रदेश बनाउन शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन विविध कार्यक्रमको आयोजना गर्दै आएको बताए। शुक्रबार सम्म चल्ने कार्यक्रममा ११ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखहरू र ८५ वटै पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुखहरूको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस