२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री भण्डारीले भने-१०० रुपैयाँ बढीको समानमा भन्सार लाग्छ, कोही समातिए आन्दोलन गर्न नपुग्नुहोला

अ+ अ-

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भारतबाट भन्सार छलेर भित्रिने समान रोक्न व्यवसायीहरूले सहयोग गर्नुपर्ने बताएका छन् । मंगलबार कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अवैध बाटोबाट आयात हुने समान रोक्न व्यवसायी एकमत हुनुपर्ने बताएका हुन् ।

नेपाली व्यवसायीहरूले चाडबाडका नाममा दैनिक उपभोग्य वस्तुको अचाक्ली मूल्य लाउने प्रवृत्ति हटाए भोलीबाटै भन्सार नाकाबाट एक सय रुपियाँ भन्दा बढीको समान बिना भन्सार आउनबाट रोक लगाइने मन्त्री भण्डारीले बताए ।

मन्त्री भण्डारीले भने, ‘कैलाली उद्योग वाणिज्य सङ्घले नै यसको अगुवाइ गरोस्, हामी कुनै पनि समानको कृत्रिम अभाव सृजना गर्दैनौँ, सरकारले तोकेको मूल्य भन्दा एक रुपियाँ बढी लिँदैनौँ भन्ने प्रतिबद्धता गर्नुस्, सरकारले गरेको १ सय रुपियाँ बढीको समानमा पूर्ण भन्सार लाइने नीति भोलीबाटै कार्यान्वयन हुन्छ, मात्र व्यवसायीहरूकै सहयोग चाहिन्छ । फेरी समान समातिए व्यवसायीहरुनै आन्दोलन गर्न नपुग्नुहोला ।’

भन्सार बिना भित्रिने समानमा कडाइ गर्न समेत मन्त्री भण्डारीले सुरक्षा निकायलाई निर्देशन दिएका थिए । सरकारले लिएको भन्सार राजश्व लक्षभन्दा दोब्र असुल हुने गरी लाग्न उनले निर्देशन दिए । ‘हामी व्यवसायी मैत्री बन्न खोजिरहेका छौँ ’ उनले भने ‘कोरोनाबाट शिथिल अर्थतन्त्र माथि उकास्ने प्रयासमा छौँ ।’

दोधारा चाँदनी सुख्खा बन्दरगाह तथा छेला औद्योगिक क्षेत्र स्थापनाको प्रक्रिया निरन्तर अगाडी बढेको मन्त्री भण्डारीले बताए । भारत र नेपालको सहकार्यमा सुख्खा बन्दरगाहको काम अगाडी बढिरहेको उनले बताए । रुख कटान, जग्गा अधिकरण लगायतका कामका लागी अनुमति पाइसकेको भन्दै मन्त्री भण्डारीले भारत र नेपालका सचिव स्तरीय छिट्टै छलफल हुँदै गरेको समेत जानकारी दिए ।

मन्त्री भण्डारीले गेटामा प्रस्तावित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान बिश्वबिद्यालयको प्रक्रिया निरन्तर अगाडि बढेको बताए । ‘स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक समितिमा छ’ उनले भने ‘त्यहाँबाट पारित भएपछि कानुनका रूपमा अगाडी बढ्ने छ र त्यसपछिका अन्य पक्रिया सुरु हुने छन् ।’

स्वास्थ्य विज्ञान विश्वविद्यालय लागी बजेट विनियोजन भएको भन्दै कानुन बनेपछि विकास समिति बन्ने प्रक्रिया अगाडी बढ्ने र त्यसपछि अस्पतालका शय्या बढाउने कुरा र विश्वविद्यालय सम्बन्धी सबै काम अगाडी समेत उनले दाबी गरेका थिए ।

चाडबाडका बेला कृत्रिम अभाव सृजना गरेर उपभोक्तालाई समस्यामा पार्ने काम नगर्न मन्त्री भण्डारीले आग्रह गरेका छन् । स्थानीय प्रशासनलाई चाडबाडका बेला अनुगमन प्रभावकारी बनाउन निर्देशन दिँदै उनले कृत्रिम अभाव गर्ने, अखाद्य बस्तु बिक्री वितरण गर्नेमाथि आवश्यक कारबाही गर्न उनले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस