२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमका ६ जिल्लामा माओवादीका इन्चार्ज हेरफेर

अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका ६ जिल्ला माओवादी केन्द्रले इन्चार्जहरू हेरफेर गरेको छ । कञ्चनपुर, बैतडी र बाजुरा बाहेकका अन्य ६ जिल्लामा नयाँ इन्चार्ज तोकिएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले संयुक्त रूपमा हस्ताक्षर गरेर जिल्ला इन्चार्ज तोकिएको सर्कुलर प्रदेश इन्चार्ज र अध्यक्षलाई पठाएका छन् ।

‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज कमरेड गिरिराजमणि पोखरेलसँगको परामर्श र सुझावको आधारमा सुदूरपश्चिम प्रदेशमा रहेका पार्टी केन्द्रीय सदस्यहरूको जिम्मेवारी निम्नानुसार गरिएको यो पत्र जारी गरिएको छ सोही अनुसार गर्न गराउन हुन निर्देशन गरिन्छ’, अध्यक्ष र महासचिवले संयुक्त रूपमा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त सर्कुलर अनुसार टेकेन्द्र भट्टले कञ्चनपुर, नेप बहादुर चौधरीले कैलाली, कुन्ती जोशीले डडेल्धुरा र त्रिलोचन भट्टले डोटीको नेतृत्व पाएका छन् । यसैगरी नरेन्द्र कुवरले बैतडी, लक्षण दत्त जोशीले दार्चुला इन्चार्जको जिम्मेवारी पाएका छन् भने बझाङमा मीनबहादुर कुवर, बाजुरामा कर्ण बहादुर विश्वकर्मा र अछाममा सदरसिंह भण्डारी इन्चार्ज तोकिएको छ ।

यस अघि कञ्चनपुरमा इन्चार्ज रहेका टेकेन्द्र भट्ट, बैतडीका नरेन्द्र कुवर र बाजुराका कर्णबहादुर विश्वकर्माले सोही जिल्लामा पुन इन्चार्जको जिम्मेवारी पाएका छन् भने अन्य ६ जिल्लाको इन्चार्ज फेरिएका छन् । यस अघि कैलालीमा हरि ज्ञवाली अखण्ड, डोटीमा शिवसिंह ओली, अछाममा झपट साउद, डडेल्धुरामा जगत पार्की, बझाङमा देवराज रेग्मी र दार्चुलामा लक्ष्मी विक इन्चार्ज रहेका थिए ।

डोटीमा अघि इन्चार्ज रहेका शिवसिंह ओली अहिले प्रदेश सभा सदस्य छन् । उनको ठाउँमा नयाँ सर्कुलरमा त्रिलोचन भट्ट तोकिएको छ । भट्ट सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री हुन् ।

प्रतिक्रिया दिनुहोस