१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसपी बिष्टसहित ४ जना प्रहरी पुरस्कृत

अ+ अ-

काठमाडौँ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टसहितका चार जना प्रहरी पुरस्कृत भएका छन् ।

डडेल्धुराको अमरगढी नगरपालिका-२ घर भएर धनगढी बस्दै आएकी ३१ वर्षीया बिमा थापामगर मृत भेटिएको घटनाको सफल अनुसन्धान गरेको भन्दै एसपी बिष्टसहितका चार जना प्रहरीलाई पुरस्कृत गरिएको हो ।

एसपी बिष्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले रेकर्डमा जनिने गरी नगदसहित सम्मान गरेको हो भने अन्य तीन जनालाई जिल्ला प्रहरी कार्यालयले नगदसहित रेकर्डमा रहने गरी पुरस्कृत गरेको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) रवीन्द्र केसीले एसपी बिष्टलाई रेकर्डमा जनिनेगरि नगदसहित पुरस्कृत गरिएको जानकारी दिए । केसीले बिष्टले उपलब्ध स्रोत साधनको उचित प्रयोग गरी एक वर्षदेखि रहस्यमा रहेको युवती मृत्युको घटनाको अनुसन्धान गरेर निष्कर्षमा पुगाएकाले प्रहरी नियमावलीअनुसार पुरस्कृत गरिएको बताए ।

यस्तै, जिल्ला प्रहरी कार्यालयले पनि सोही घटनाको अनुसन्धानमा संलग्न प्रहरी नायब निरीक्षक (सई) गजेन्द्रबहादुर चन्दसमेतका तीन जनालाई नगदसहित पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा प्रहरी सहायक हवल्दारद्धय महेश चन्द र सन्तोष महरा रहेका छन् । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले रेकर्डमा जनिनेगरि नगदसहित तीनै जनालाई पुरस्कृत गरेको बताए ।

६ मंसिर २०८० मा धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा डडेल्धुराकी बिमा थापामगर मृत फेला परेकी थिइन् । झण्डै एक वर्षदेखि रहस्यमा रहेको उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले शनिबार मात्र भारतीय सीमावर्ती बजारबाट धनगढीका संजिव चौधरीलाई पक्राउ गरेको थियो ।

चौधरीको बयानका आधारमा धनगढीकै ३० वर्षीय जनक देउवालाई समेत शनिबार नै पक्राउ गरेर आइतबार सार्वजनिक गरेको थियो । उनीहरू दुवै जनाले लागुऔषध सेवन गरेर युवतीसँग शारीरिक सम्बन्ध राखेर कुटपिट गर्दै बेहोस् भएपछि जंगलमा फालेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । दुवै जनालाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस