काठमाडौँ । बागमती प्रदेश सरकारले सरकार गठन भएको दुई महिनापछि आइतबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।
६७ बुँदे साझा कार्यक्रममा योजना बैंक स्थापना देखि प्रदेश प्रहरी र अनुसन्धान युनिट स्थापनासम्म रहेको छ । कार्यक्रममा ३ वर्ष मुनिको बालबालिका र ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने विषय समेत उल्लेख छ ।