१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘काँग्रेस-एमालेको सरकार बनेपछि अर्थतन्त्र सुधारोन्मुख छ’: अर्थमन्त्री राना

अ+ अ-

इलाम । कोशी प्रदेशका अर्थमन्त्री राम रानाले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन् ।

प्रदेशमा नयाँ सरकार बनेको दुई महिनामा विगतभन्दा २८ प्रतिशत राजस्व वृद्धि भएको र संघमा पनि अवस्था सोही अनुसार रहेको धारणा राखे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सूर्योदय नगर कमिटी इलामको दोस्रो अधिवेशनको उद्घाटन गदै आज उनले काँग्रेस-एमाले मिलेपछि देश स्थिरतातर्फ उन्मुख भएको बताएका छन् ।

एमालेका केन्द्रीय सदस्य रानाले भने, “विगतमा स्थिर सरकार नहुँदा देशमा विकास निर्माणले गति लिन सकेन । दुई ठूला पार्टीबीच सत्ता सहकार्य भएपछि अब यो सरकार र गठबन्धनलाई कुनै पनि बहानामा काम नगर्ने छुट छैन”, उनले भने । देशमा साना दलहरूले विचारको राजनीति नगर्दा समस्या भइरहेको रानाको आरोप लगाए। “भाषा, धर्म, जातिका नाममा दल बनाएर एउटा समूहलाई सामाजिक सद्भाव भड्काउन लगाउने काम हुन थाल्यो । मोलमोलाइ र किनबेचको स्थिति देखियो । मुलुक त्यसरी बन्दैन भनेर दुई ठूला दल मिल्न बाध्य भएको हौँ । अब सोहीअनुसार काम गरेर प्रमाणित गर्न आवश्यक छ”, उनले भने।

कार्यक्रममा इलाम क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेतले जनताको आसा पूरा गर्नेगरी सरकारले काम गरिरहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार समृद्धिको यात्रामा रहेको र नेपाली काँग्रेस जस्तो पुरानो दलसँगको सहकार्यले काम गर्न थप सहज भएको उनको भनाइ थियो ।

एमाले इलामका अध्यक्ष गणेश बराल, उपाध्यक्ष उदयबहादुर राई, सचिव उमेश गुरु, प्रदेश कमिटी सदस्य देवेन्द्र विश्वकर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए । दुर्गादेवी भट्टराई नेतृत्वको नगर कमिटी विघटन गरी आज नै नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाइएको सचिव पारस राईले बताए।

प्रतिक्रिया दिनुहोस