१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस

अ+ अ-

काठमाडौँ । विश्वका विभिन्न मुलुकका राजधानीस्थित नेपाली नियोगमा संविधान दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरिएका समाचार आज पनि प्राप्त भएका छन् । 

राष्ट्रिय दिवसका अवसरमा शुक्रबार ढाका, ब्याङ्कक, जेनेभा र ब्रासिलियास्थित नेपाली नियोगमा विविध कार्यक्रम आयोजना गरिएका ती नियोगले बेग्लाबेग्लै प्रेस विज्ञप्ति निकालेर जनाएका छन् । 

ढाकास्थित नेपाली राजदूत घनश्याम भण्डारी, थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली, जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङगठनहरूका लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी र ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेले आतिथेय मुलुकका उच्च पदस्थ अधिकारी, नेपालका मित्र, कामको सिलसिलामा त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपाली तथा त्यहाँ सेवारत विभिन्न देशका कूटनीतिज्ञको उपस्थितिमा स्वागत समारोह आयोजना गरेका थिए । 

राजदूत भण्डारी, ओली, सुवेदी र काफ्लेले संविधान दिवसको महत्वबारे चर्चा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको आर्थिक–सामाजिक उन्नयनका निम्ति प्रवासी नेपालीले पनि सक्दो योगदान गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्नुपर्ने तथा ज्ञान र प्रविधि हस्तान्तरणमा सघाउन आह्वान गरेका थिए । 

प्रतिक्रिया दिनुहोस