काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय यति बेला सरुवामा चुर्लुम्मै डुबेको छ । विगत चार दिन यता मन्त्री–सचिव तथा कर्मचारी प्रशासनका कर्मचारीहरू बिहानदेखि बेलुकीसम्मै, सिंहदरवारस्थित मन्त्रालयदेखि पुलचोकस्थित मन्त्री निवाससम्म सरुवा सूचीमै व्यस्त छन् ।
प्रत्येक दिन जसो निर्णय गर्छन् तर ‘गुपचुप’मै । कसको कहाँ सरुवा भयो, सम्बन्धित व्यक्तिलाई बोलाएर सुटुक्क पत्र बाँड्छन्, रोजाइअनुसार हुनेहरू खुसी हुँदै भाग्छन्, बेखुसहरू मन्त्रालय अगाडीको पिपल चौतारीमा बसेर असन्तुष्टि जनाउँदै रुमल्लिन्छन् । कतिपयहरू यही बिचमै अनेकतिर मिलाएर सूची सच्याएर लान्छन्, जसको कोही छैन, तिनीहरू अँध्यारो मुख लगाएर सिंहदरबारबाट बाहिरिन्छन् ।
मन्त्रालयले गरेको पछिल्लो अधिकृत स्तरको सरुवा सूची फेला पारेको छ । जसमा ९० प्रतिशत बढी प्रमुख प्रशासकीय अधिकृतहरूको खटन पटन गरिएको छ । कसको कसरी सरुवा गरियो, त्यो भने केही समयपछि बाहिरिने नै छ, अहिलेलाई भने हेर्नुहोस् यो सूची