काठमाडौँ। नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई विश्वासको मत नदिने बताएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेपछि माओवादी केन्द्रले विश्वासको मत नदिने बताएको हो ।
‘जनताद्वारा होइन केन्द्रको पनि प्रदेशको पनि,’ माओवादी सांसद गणेश उप्रेतीले भने ,‘ भ्रष्टद्वारा निर्मित सरकारलाई विश्वास दिन सकिँदैन, त्यस कारण हाम्रो दलबाट हाम्रो सरकारले विश्वास रहँदैन, विश्वास छैन ।’
माओवादी केन्द्रले सुरु गरेको जनयुद्धलाई हिंसा देख्ने दलले विश्वासको मत माग्नु हास्यास्पद भएको बताए । ‘सुसासनका लागि बनेको भए हामी पनि सहयात्री हुन सक्थ्यौँ,’ उनले भने,‘ शरणार्थी प्रकरणको छानबिन गर्ने प्रहरीलाई रातारात हटाइए, राष्ट्रिय रूपमा स्थापित भ्रष्टाचारका फाइल गायब भइरहेका छन्, सरकारले आफ्नो गति देखाउन थालिसकेको छ ।’
सरकारले जनताको सेवा नगर्ने बताउँदै उनले सरकारलाई समर्थन नगर्ने बताए । ‘जतिसक्दो छिटो सरकारको विगठन र सरकारको अन्त्य र समाप्तिबाट मात्रै नै सुशासनको अघि बढ्न सक्छ,’ उनले भने,‘‘। यो सरकारलाई हाम्रो समर्थन रहँदैन ।’