काठमाडौँ । लोक सेवा अयोगले शाखा अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोग कार्यालयले बुधबार एक सूचना जारी गरी २०८० चैत १८, १९ र २० गते लिएको शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको हो ।
यस्तै लोक सेवा आयोगले उत्तीर्ण भएका उम्मेदवारहरूलाई सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता लागि सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

