काठमाडौँ । उपसभामुख इन्दिरा राना मगर औपचारिक भ्रमणका लागि आज रुस प्रस्थान गरेकी छिन् ।
रुसको सेन्ट पिटर्सबर्ग सहरमा असोज २ देखि आयोजना हुने कार्यक्रममा भाग लिन उपसभामुख राना फ्लाई दुबईको बिहान ९ बजेको उडानबाट रुस भ्रमणमा गएकी हुन् ।
उपसभामुख राना रुस र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधान सभाको आयोजनामा असोज २ देखि ४ गते(सेप्टेम्बर १८–२०) सम्म सञ्चालन हुने चौथो युरेसियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ ।
उनले उक्त फोरमलाई सम्बोधन गर्नेछिन् । भ्रमण सकेर उपसभामुख राना असोज ५ गते(सेप्टेम्बर २१) मा स्वदेश फर्कने कार्यक्रम छ ।