२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विविध कार्यक्रम गरेर कर्मचारी सञ्चय कोषले मनायो आफ्नो ६३ औं वार्षिकोत्सव

अ+ अ-

काठमाडौँ । कर्मचारी सञ्चय कोषले आफ्नो ६३ औं वार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ । सञ्चय कोषको धनगढी शाखाले खेलकुदसहित एक समारोहको आयोजना गरेर वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेशका मुख्य सचिव डा. हरिप्रसाद लम्सालले सञ्चयकोलाई प्रविधिमैत्री बनाउन आग्रहसहित यसको पहुँच विस्तार गर्न सुझाव दिए ।

यसैगरी, कार्यक्रममा सचिव वेदप्रसाद भण्डारीले कर्मचारी सञ्चय कोषले दिँदै आएको सुविधामा सहुलियत प्रदान गर्न आग्रह गरे । त्यस्तै, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रप्रसाद मिश्रले कर्मचारी सञ्चयकोष सञ्चयकर्ताको आशा, भरोसाको रूपमा रहेको बताए । कर्मचारीको अवकाशपछि सञ्चय कोषले एकमुष्ट रूपमा सञ्चय कोष भुक्तानी दिने गरेको कर्मचारी सञ्चय कोष धनगढी शाखाका प्रमुख राजेन्द्र लामिछानेले बताए । उनले निवृत्तिभरण भने आजीवन प्रदान गर्दै आएको उल्लेख गरे ।

नेपालमा पाँच लाख ५० हजार बचतकर्ताको छ खर्ब (नेपालको कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत) रकम कर्मचारी सञ्चय कोषले परिचालन गरिरहेको जनाइएको छ । यस कार्यालयबाट गत आर्थिक वर्षमा ५३ हजार ८६५ जना बचतकर्ताले सापटी सेवा लिएको प्रमुख लम्सालले जानकारी दिए । दिवसको अवसरमा विभिन्न खेलमा प्रथम भएका कर्मचारीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।

कर्मचारीका अवकाशपछिको जीवनलाई सहज बनाउने उद्देश्यका साथ नेपालमा २०१९ सालमा कर्मचारी सञ्चयकोषको स्थापना भएको थियो । धनगढीमा शाखा कार्यालय भने २०६१ सालमा स्थापना भएको हो । यो शाखाले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका कर्मचारीलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस