२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने कार्यविधि ल्याउँदैछौँ : मुख्यमन्त्री सिंह

अ+ अ-

पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवर्द्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताएका छन् । नेपाल उद्योग परिसंघ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उनले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिए। 

“सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरूका समस्या समाधान हुन सक्दैन”, मुख्यमन्त्री सिंहले भने। उनले कार्यविधि उद्योगमैत्री भएकाले प्रदेशमा उद्योग तथा व्यवसाय फस्टाउनेमा विश्वास व्यक्त गरे। 

मुख्यमन्त्री सिंहले स्वदेशी उद्योगलाई सबल र समक्ष बनाउँदै स्वदेशमा उत्पादन भएको वस्तु तथा सामानलाई विदेशमा निर्यात गर्ने गरी काम गर्न उद्योगी व्यवसायीलाई अनुरोध गरे। “अहिले नेपालबाट विदेशी मुलुकमा लाखौँ अर्धदक्ष जनशक्ति गइरहेको अवस्था छ, तर स्वदेशी उद्योगमा जनशक्ति अभाव भइरहेको छ”, उनले भने, “सीप सिकेका जनशक्ति नहुँदा विदेशी मुलुकबाट दक्ष कामदार ल्याउनुपर्ने बाध्यता कायमै छ ।”

त्यस अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मधेस प्रदेशमा युवा उद्यमीले नवप्रवर्तकमार्फत उद्यमशीलताको विकास गर्नुपर्ने बताए। नेपाल उद्योग परिसंघ मधेस प्रदेशका अध्यक्ष प्रमोदकुमार साहले प्रदेशका युवालाई उद्यमशीलतासँग जोड्नुपर्ने आवश्यकता औँल्याए। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष आशीष अग्रवालले प्रदेश आर्थिक र औद्योगिक नगरी भएकाले पनि युवा उद्यमीहरू लगनशील भएर अघि बढ्न जरुरी रहेको बताए। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च मधेस प्रदेश च्याप्टरका अध्यक्ष रजत बजाजले प्रदेशका सबै खालका युवालाई समेटेर उद्यमशीलताको विकास र प्रवर्द्धन गर्नुपर्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस