१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनप्रतिनिधिसँग पुल र सडक निर्माणको माग गर्दै खजुरावासी

अ+ अ-

राँझा । बाँकेको खजुरा गाउँपालिकावासीले जनप्रतिनिधिसँग पेडारी खोलाको जीर्ण पुल र सडक निर्माणको माग गरेका छन् ।  स्थानीय तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपालगञ्ज–गुलरिया हुलाकी सडक अन्तर्गत बाँकेको खजुराबजार नजिकै रहेको पेडारी खोलाको जीर्ण पुल र सडक निर्माण गर्ने चुनावी योजना बनाएका जनप्रतिनिधिले चुनाव जितेको दुई वर्षसम्म पनि पुल र सडक निर्माणमा चासो नदिएको उनीहरूको गुनासो  छ ।

पुल र सडक निर्माणको लागि ध्यानाकर्षण गराउन खजुराका अगुवा रमेश सिञ्जाली, राजेन्द्र आचार्य र राजकुमार विक लगायतको नेतृत्वमा खजुरावासीले खजुरा गाउँपालिकामार्फत उक्त क्षेत्रका सबै जनप्रतिनिधिलाई शुक्रबार ज्ञापन पत्रसमेत बुझाएका छन् । 

गाउँपालिका अध्यक्ष डम्बर विक र उपाध्यक्ष मन्जु मल्लमार्फत बाँके क्षेत्र नं ३ का सांसद किशोरसिंह राठोर, आशा विक, प्रदेशसभा सदस्य बादशाह कुर्मी र रत्न खत्रीलाई जीर्ण पुल र सडक निर्माणको लागि ध्यानाकर्षण गराइएको स्थानीय अगुवा रमेश सिञ्जालीले बताए ।

विसं २०७४ मा ठेक्का सम्झौता भएर पटक–पटक म्याद थप हुँदा पनि खजुरा क्षेत्रको एक हजार आठ सय मिटर सडक सम्पन्न नभएको, गरिएको काम पनि अत्यन्त गुणस्तरहीन भएको तथा सोही सडकमा रहेको पेडारी नालाको पुल जीर्ण भएर कुनैपनि बेला खस्न सक्ने अवस्थामा पुग्दासमेत निर्माणका लागि जनप्रतिनिधिले तदारुकता नदेखाएको उनले उल्लेख गरे ।

पेडारी खोलाको पुल साँघुरो र जीर्ण अवस्थामा रहेकोले वर्षाद्को समयमा बाढी आउनासाथ पुल वारिपारिको तीन सय मिटर सडकक्षेत्रमा पानी भरिएर आवतजावत बन्द हुने र सडक जीर्ण भएर सवारी सञ्चालनका कठिनाइ हुने गरेको सिञ्जालीको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष  विकले पेडारी खोलामा पुल र खजुराबजारको एक हजार आठ सय मिटर सडक निर्माणको लागि पटक–पटक सङ्घीय सरकारसँग माग गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस