काठमाडौँ । सरकारले ६० जना बढी सहसचिवको सरुवा गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार(आज)को मन्त्रिपरिषद् बैठकमा छलफल तथा निर्णयका लागि ६० जना बढी सहसचिवको प्रस्ताव पठाएको हो । अहिले जारी मन्त्रिपरिषद्ले उक्त सूचीमाथि छलफल तथा निर्णय गर्ने बताइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उच्च अधिकारीले प्रशासनलाई दिएको जानकारी अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा सूची मन्त्रिपरिषदमा पठाइएको हो ।
साउनको अन्तिम साता ५९ जना सहसचिवको सरुवा गरिएको थियो । जसमा छुटेका तथा सरुवा गर्नुपर्ने अवधि पुगेका सहसचिवहरूलाई सरुवा गर्न लागिएको प्रशासन सिंहदरवार विशेष स्रोतले बतायो ।
सम्बन्धित समाचार : ५९ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?
स्रोतका अनुसार प्रस्तावित सूचीमा केही थपघट हुन सक्ने र अन्तिम निर्णय मन्त्रिपरिषद्को बैठकपछि मात्रै सार्वजनिक गरिनेछ।