२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नर्वेका सांसदहरूको टोलीद्वारा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिसँग छलफल

अ+ अ-

काठमाडौँ । नर्वेका सांसदहरूको एक टोली नेपाल भ्रमणमा आएको छ। समितिले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग सिंहदरवारमा बिहीबार छलफल गरेको छ।

दुई देशका संसदीय समितिबीच पहिलो पटक बैठक भएको पर्यटन समितिका सभापति राजकिशोर यादवले बताए। उनले संसदीय कूटनीतिका रूपमा भ्रमण र भेटघाट भएको उल्लेख गरे। बैठकमा दुवै संसदीय टोलीका सदस्यहरूले नेपाल र नर्वेबीचको मैत्रीपूर्ण र सुमधुर सम्बन्ध तथा सहकार्यबारे चर्चा गरेका थिए।

बैठकमा संसदीय शासन प्रणालीको सञ्चालन, लोकतान्त्रिक प्रक्रिया तथा साझा विश्वव्यापी एजेन्डाका लागि सहकार्य गर्नेबारे कुराकानी भएको थियो। लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायका साझा मूल्यमान्यतामा मिलेर काम गर्ने प्रतिबद्धता दुवै देशका सांसदहरूले जनाएका छन्।

यस्तै, जलवायु परिवर्तनका प्रभावहरूको न्यूनीकरण र दिगो विकास लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्ने सहमति नेपाल र नर्वेबीच भएको छ। नर्वेका संसदीय मन्त्रीले शान्ति स्थापनामा नेपालको योगदानको प्रशंसा गरेका थिए।

यस्तै, नेपालको ऊर्जा क्षेत्रमा सहयोग गर्न नर्वे इच्छुक रहेको उनको भनाइ थियो। आगामी दिनमा दुई संसदबीच संसदीय अभ्यासका सिकाइ र अनुभव साटासाट गर्नेबारे सैद्धान्तिक सहमति पनि भएको छ ।

त्यस क्रममा सभापति यादवले नेपालको संघीय संसदको गठन प्रक्रिया, संख्या तथा संसदीय समितिहरूको काम र क्षेत्राधिकारबारे भ्रमण टोलीलाई जानकारी दिएका थिए। उनले नेपालको संसदमा जनताका आवाजले ठाउँ पाउनुका साथै त्यहाँ उठेका सवालहरूको सम्बोधन गर्ने गरिएको बताए।

नर्वेका पूर्वविदेशमन्त्रीररक्षामन्त्री समेत रहेकी सांसद इने म्यारी एरिक्सन सोरेइडको नेतृत्वमा १४ सदस्यीय टोली भ्रमणमा आएको छ। कन्जरभेटिभ पार्टीकी सांसद उनले सन् २०१३ देखि ०१७ सम्म रक्षा र सन् २०१७ देखि २०२१ सम्म विदेश मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्।