१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायल श्रमिक छनोट : समितिले बुझायो प्रतिवेदन, कतिमा देखियो कैफियत ?

अ+ अ-

काठमाडौँ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर)को रूपमा जानका लागि कहरूले पेस गरेका कागजातको आधिकारिकता जाँच गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको उपसचिव मेघनाथ रिमाल संयोजकत्वको समितिले छानबिन प्रतिवेदन बुझाएको हो । छानबिनका क्रममा इजरायलको केयरगिभरको छनोट प्रक्रियामा सामेल मध्ये करिब १८० जना आवेदकको कागजातमा कैफियत देखिएको समितिले जनाएको छ । छनोट प्रक्रियामा रहेका ३४ सय ३१ जना आवेदकको कागजातको आधिकारिकतामा छानबिन गर्दा करिब १८० जनाले पेस गरेका कागजातमा कैफियत देखिएको हो ।

पाँच सदस्यीय समितिले गरेको छानबिनमा उच्च शिक्षाको प्रमाणपत्र नदेखिएको, चारित्रिक प्रमाणपत्र नभएको, तालिम प्रदायक संस्था सूचीकृत नभएको, तालिम प्रमाणपत्रमा उल्लेख भएको राहदानी सो प्रमाणपत्रभन्दा पछिको मितिमा जारी भएको, तालिमको अवधि पूरा नभएको लगायत कैफियत देखिएको छ । समितिले पेस गरेको प्रतिवेदनलाई कार्यान्वयन गर्न श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागमा पठाएको छ । छानबिन प्रक्रिया सकिएपछि आवेदकहरूको अन्तिम नामावली सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।

इजरायलको जेरुसेलमस्थित जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा)ले लक्की ड्रबाट २२ सय जनाको छनोट गरिसकेको छ । जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहेका छन् । श्रम मन्त्रालयले कागजातमाथि छानबिन भइरहेकोले लक्की ड्र रोक्न इजरायली पक्षलाई अनुरोध गरेको थियो । तर, इजरायलले श्रमको अनुरोधलाई बेवास्ता गरी लक्की ड्र गरेको थियो ।

इजरायलले दुई हजार नेपाली केयरगिभर लैजाने भएपछि वैदेशिक रोजगार विभागले गत असार ११ देखि भर्ना छनोट प्रक्रिया अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस