गजल « प्रशासन
Logo २७ आश्विन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गजल


२२ भाद्र २०८१, शनिबार


आज किन अचानक, कठघरामा तिमी ?
परिबन्ध वा बदमासीको, जन्जिरमा तिमी ?

टेक्ने अखेटो, समाउने हाँगो हुँदाहुँदै पनि,
लोभियौ कि सानो त्यान्द्रो, लहरामा तिमी ?

चोखो प्यार, हृदयको आव्हान सम्झिएर,
झुक्कियौ कि, कुटिल मुस्कान सहितको इशारामा तिमी ?

सङ्‍गीनीको आँशुको आहाल, वृद्ध बाबु आमाको बेहाल,
हुनुपर्ने होइन र दरिलो, सहारामा तिमी ?

संघर्षपछि प्राप्ति र सफलताको बीचमा,
रमाएनौ कि जीवनको, सुख बहारमा तिमी ?

कतै डाहा छल्न, शीतल जल सम्झिएर,
हाम फाल्यौ कि उर्लिँदो भेल छहरामा तिमी ?

सुस्ताउने निहुँमा, आगो झोस्दै घिउमा,
पोखिएको कि एकलासमा बिस्तारामा तिमी ?

हाँगै पिच्छे गुँड राख्ने, रहर पलायो कि,
थियौ होइन आफ्नै सुखी संसारमा तिमी ?

Tags :
प्रतिक्रिया दिनुहोस