काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको जापान भ्रमण स्वीकृत भएको छ । जापानको टोकियोमा ३ असोजमा आयोजना हुने जापान-नेपाल रोजगार सम्मेलनमा भाग लिन भण्डारी त्यता जाने तय भएको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीको जापान भ्रमण स्वीकृत गरेको हो ।