२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतबाट एनडीसी प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न

अ+ अ-

काठमाडौँ । भारतको राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज)को ६४औँ कोर्षको एक प्रतिनिधिमण्डलले यही भदौ १६ देखि २० गतेसम्म नेपालको दिने भ्रमण सम्पन्न गरेको छ । 

भ्रमण टोलीमा भारतका साथै अष्ट्रेलिया, भुटान, जापान, कजाकिस्तान, ओमान र संयुक्त राज्य अमेरिकाका निजामती सेवा र रक्षा बलका २१ जना वरिष्ठ अधिकारीहरू सम्मिलित थिए ।

रियर एड्मिरल सन्दीप एस सन्धु, एनएम, सिनियर डाइरेक्टिङ्ग स्टाफ (भारतीय नौसेना)ले नेतृत्व गरेको भ्रमण टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र रक्षामन्त्री मानवीर राईसँग शिष्टाचार भेटवार्ता गरेको थियो । भ्रमण टोलीले नेपाली सेनाका कायम मुकायम प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेट गरी द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल गरेको थियो ।

टोलीले काठमाडौँस्थित नेपाली सेनाको मुख्यालय र पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गरी रक्षा सहकार्य प्रवर्द्धन हेतु विभिन्न पक्षमाथि छलफल गरेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । उच्च राष्ट्रिय निर्देशन तथा रणनीतिका व्यापक पक्षहरूबारे वरिष्ठ रक्षा र निजामती सेवा अधिकारीहरूका लागि भारतको राष्ट्रिय रक्षा महाविद्यालय विश्वकै प्रमुख प्रशिक्षण संस्थाहरू मध्ये एक हो ।

विदेशी मित्र राष्ट्रका सशस्त्र बलका अधिकारीहरू पनि उक्त कोर्षमा सहभागी छन् । हाल नेपाली सेनाका चार जना अधिकृतहरू यस प्रतिष्ठित कोर्षमा सहभागी छन् भने नेपाली सेनाका निवर्तमान प्रधानसेनापति प्रभुराम शर्मासहित नेपाली सेनामा कार्यरत १५ जना अधिकृतहरू यस सम्मानित संस्थाका विशिष्ट पूर्व छात्र हुन् । 

राष्ट्रिय रक्षा महाविद्यालय, नयाँ दिल्लीबाट प्रशिक्षित भएका नेपाली सेनाका अधिकारीहरूले आ-आफ्नो विशेषज्ञताका क्षेत्रमा महत्त्वपूर्ण नियुक्तिहरू पाएका छन् । 

प्रतिक्रिया दिनुहोस