काठमाडौँ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको मुख्य पर्व न्वागीको अवसर पारेर दुई दिन सार्वजनिक बिदा दिएको छ।
सीमान्तकृत समुदाय चेपाङको बाहुल्यता रहेको राक्सिराङमा छोनामा अर्थात् न्वागीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको हो। पालिकाले न्वागीको अवसरमा भदौ २१ गते र २२ गते सार्वजनिक बिदा दिएको छ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जारी गरेको सूचनामार्फत सार्वजनिक बिदाको बारेमा जानकारी गराइएको हो।
