१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकै वर्ष लेफ्टिनेन्ट, इन्स्पेक्टर र शाखा अधिकृतसहित ६ पदमा नाम निकालेका विशाल

अ+ अ-

दैलेखका विशाल श्रेष्ठले लोक सेवा आयोगले लिएका परीक्षामा सहभागी भएर एक वर्षको अवधिभित्र सेनाको लेफ्टिनेन्ट, प्रहरीको इन्स्पेक्टर र निजामतीको शाखा अधिकृतसहित ६ पदमा नाम निकाले । उनको लक्ष्य अब निजामती सेवामै रमाउने छ ।

काठमाडौँ । संकल्प लिएर हिँड्यो र त्यसलाई हासिल गर्न दत्तचित्त लिएर लाग्यो भने असम्भव भन्ने के पो छ र ! दैलेखका विशाल श्रेष्ठ त्यसको ज्युँदो जाग्दो उदाहरण हुन् । उनले यो कुरा आफैले सिद्ध गरे देखाएका छन् । 

दैलेखको जिल्ला सदरमुकामसमेत रहेको नारायण नगरपालिकाका बासिन्दा हुन् विशाल । सदरमुकाम भए पनि विकास र पहुँचका हिसाबले नारायण नगरपालिका अरु नगरपालिकाको तुलनामा जति विकटता र अभावले घेरिएको छ, त्यही पालिकालाई उदाहरणीय बनाउने गरी विशालले छलाङ मारेर देखाएका छन् । उनले लोक सेवा आयोगले लिएका विभिन्न तह र पदहरूका परीक्षामा एक वर्षमै ६ पदमा नाम निकाल्ने दुर्लभ सफलता हासिल गरेका छन् । विशालले नेपाली सेनाको लेफ्टिनेन्ट (उपसेनानी) देखि निजामती सेवाको इन्जिनियर (अधिकृत) सहित ६ पदमा नाम निकालेका हुन् । 

उनले बागमती प्रदेश अन्तर्गत इन्जिनियरतर्फ प्राविधिक सातौँ, संघीय सिभिल इन्जिनियर (राजपत्राङ्कित तृतीय), संघीय बिल्डिङ एन्ड आर्किटेक्ट इन्जिनियर (राजपत्राङ्कित तृतीय), नेपाली सेनाको उपसेनानी (प्राविधिक इन्जिनियर), नेपाल प्रहरीको निरीक्षक (प्राविधिक इन्जिनियर इन्स्पेक्टर) र वाग्मती प्रदेशको सब इन्जिनियरमा एकै वर्षमा नाम निकाले । उनको यो सफलताले नारायण नगरपालिका मात्र होइन, दैलेख जिल्लामा नै एक खालको खुसीयाली छाएको छ । 

विशालको परिवार सामान्य छ । आमा र बुवा दुवै दैलेखमै व्यापार गर्छन् । विशाल सानैदेखि पढाइमा राम्रै थिए । ६ कक्षासम्म दैलेखमै पढेका उनले सगरमाथा इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङको स्नातक तहसम्मको पढाइ पुरा गरेका थिए । स्नातकोत्तर तहको अध्ययन भने उनले पोखरा विश्वविद्यालय स्कुल अफ  इजिनियरिङमा गरेका हुन् ।

पढाइमा राम्रै भए पनि उनी मिहिनेती, लगनशील र अरूका लागि सहयोग भने उत्तिकै  छन् । छोराको यही बानी र स्वभावकै कारण अहिले यस्तो सफलता मिलेको आमा संगिता श्रेष्ठले बताइन् । छोराको मिहिनेतले परिवारमा परिवारमा ठूलो खुसी थपिएको उनको भनाइ छ । ‘आफूले दुःख गरेर भए पनि पढाइको लागि छोरालाई कुनै अभाव हुन दिएनौँ,’ संगिताले भनिन्, ‘छोराको प्रगतिले गर्दा आफ्ना दुःख हराएको जस्तै महसुस भएको छ ।’ 

व्यापारमा संलग्न परिवारको पृष्ठभूमिबाट आएका विशालले घर परिवारकै साथ सहयोगमा अहिलेको सफलता हासिल गरेको बताए । आफूले गरेको मिहिनेतको फल पनि देखिन थालेको उनको बुझाई छ । ‘पढाइमा मध्यम भए पनि अहिलेसम्म कुनै परीक्षामा फेल भएको छैन,’ उनले भने । 

एकै वर्षमा लोक सेवा परीक्षा दिएर ६ वटा सरकारी पदमा नाम निकालेका उनी अन्ततः केही दिन अघि शहरी विकास मन्त्रालयमा राजपत्राङ्कित तृतीय श्रेणी (अधिकृत) पदमा नियुक्तिका लागि सिफारिस भएका छन् । यसअघि उनी काठमाडौँ महानगरपालिका वडा नम्बर २६ मा सब–इन्जिनियरका रूपमा कार्यरत थिए ।

आफ्नो यो सफलताको श्रेय घरपरिवारलाई जाने उनले उल्लेख गरे । ‘मेरो सफलतामा बुवा ममीको ठूलो हात छ,’ उनले भने, ‘मेरो दाइ पनि यसअघि नै निजामती सेवामा प्रवेश गरिसकेकाले मलाई पढ्न उत्प्रेरित गरिराख्नुभयो ।’ उनले पाठ्यक्रम हेरेर मिहेनत गरेर पढेमा लोक सेवामा नाम निकाल्न सकिने अनुभव सुनाए ।

लोक सेवा आयोगको परीक्षाको उत्तीर्ण दर हेर्ने हो भने अरू प्रदेश भन्दा कर्णालीमा संख्या निकै कम छ । ‘तर पनि आम मान्छेको बुझाइमा भए जस्तो लोक सेवाको परीक्षा उत्तीर्ण गर्न गाह्रो छैन,’ उनले भने, ‘सबैभन्दा पहिला आफू के बन्ने भन्ने स्पष्ट लक्ष्य हुनुपर्छ । आत्मविश्वास र त्यहीअनुसारको मिहिनेत भयो भने लोक सेवा मात्रै होइन, कुनै पनि क्षेत्र गाह्रो छैन ।’

विभिन्न तह र क्षेत्रका ६ वटा पदमा नाम निस्किए पनि सबै पदमा सिफारिस नभएको, निजामतीको राजपत्राङ्कित तृतीय श्रेणीको पद (शाखा अधिकृत) मा सिफारिस भएपछि आफू अब यसमै लाग्ने सोचाई बनाएको उनले बताए । उनले भने, ‘नाम त निस्क्यो, अब अन्य पदहरूको अन्तर्वार्तामा पनि नाम निस्किएछ भने पनि मेरो रोजाइको क्षेत्र भनेकै निजामती सेवा हो । त्यस कारण म राजपत्राङ्कित तृतीय श्रेणीको यही अधिकृत पद नै रोज्छु, ।’

विशालका अनुसार सबै पदहरूको पाठ्यक्रम फरक–फरक भएकाले धेरै नै मिहिनेत गरेर पढ्नु चाहिँ पर्छ । इमानदारिता र लगनशीलताका साथ लागिपर्ने हो भने जे कुरा पनि सहजै प्राप्त गर्न सकिने दाबी उनले गरे । 

अहिलेको पुस्ता पढ्न मात्र होइन, अवसरको खोजीमा पनि विदेश जान असाध्यै लालायित छ । विशालले भने विदेश जाने आफ्नो लक्ष्य र ध्याउन्न नभएकाले अबको समय निजामती सेवामै केन्द्रित गर्ने बताए । ‘अबको लक्ष्य भनेकै उप–सचिवको लागि तयारी थाल्ने हो । आफ्नो काम इमानदारितासाथ निभाउने छु,’ उनले भने, ‘सानैदेखि मध्यम विद्यार्थी भएकाले यो सफलता पाउन धेरै नै मिहिनेत गरेँ । अब पनि त्यही गर्छु ।’ 

निजामती क्षेत्रमा रहेका अग्रजहरूसँगै रहेर पढेमा निरन्तर लागिपरेमा मात्र सफल हुने उनको भनाइ छ । सफलताको लागि सबैभन्दा ठुलो कुरा त आफूलाई खुसी राख्नुपर्ने उनको सुझाव छ । 

खुला तर्फबाट निजामती सेवामा प्रवेश गर्न सकिने माथिल्लो श्रेणी नै राजपत्राङ्कित तृतीय श्रेणी हो । त्यसमा आफू छनोट हुन पाउँदा धेरै खुसी लागेको विशालले सुनाए । तयारी गरेको केही समयमा नै इन्जिनियर प्राविधिक सातौँ, संघीय सिभिल इन्जिनियर, संघीय बिल्डिङ एण्ड आर्किटेक्ट इन्जिनियर, नेपाली सेनाको उपसेनानी, नेपाल प्रहरीको प्रहरी निरीक्षक (प्राविधिक इन्जिनियर इन्स्पेक्टर) र वाग्मती प्रदेशमा सब इन्जिनियर समेतमा नाम निकाल्न सफल हुँदै सबै क्षेत्र र तहमा नाम निकाल्ने अनुभव बटुल्ने सौभाग्य मिलेको, त्यसमा आफूले गर्व गरेको उनले सुनाए । 

सार्वजनिक प्रशासनमा कर्णालीबाट त्यति धेरै उपस्थिति नभएकाले यो नतिजाले अझै जिम्मेवारी थपिएको महसुस भएको, देश र नागरिकले चाहेअनुसार सेवा प्रदान गर्ने भूमिका निर्वाह गर्न निरन्तर प्रयास गर्ने उनले बताए ।  

पछिल्लो समय निजामती सेवामा नयाँ पुस्ताको आकर्षण बढिरहेको छ । लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्ने युवाको संख्या पनि बढ्दो क्रममा छ । एउटा पदमा मात्र होइन, एकै वर्षमा धेरै पदमा नाम निकाल्ने विशाल जस्ता युवा पनि देखिन थालेका छन् । यसले एकातिर निजामती सेवाको भविष्य राम्रो देखाउँछ, अर्कोतर्फ इच्छा र लगन भयो भने सरकारी सेवामा प्रवेश कठिन छैन भन्ने पनि प्रष्ट पार्छ । 

प्रतिक्रिया दिनुहोस