काठमाडौँ । जर्मनको राजदूतमा प्रस्तावित डा. शैल रुपाखेतीले आफ्नो कार्ययोजना पेस गरेका छन् । आइतबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूत रुपाखेतीले १९ पेज लामो कार्य योजना पेस गरेका हुन् ।
उनले पेस गरेको कार्य योजनामा आफू राजदूत पदमा नियुक्त भए आर्थिक, कूटनीति, निर्यात प्रवर्द्धन, लगानी प्रवर्द्धन प्रविधि हस्तान्तरण लगायतमा महत्त्वपूर्ण काम गर्ने जनाएका छन् ।
त्यसैगरी उच्चस्तरीय भ्रमण, वैदेशिक सहायता र दुई देशबिचको सम्बन्धलाई थप उचाइमा लैजाने रुपाखेतीको कार्य योजनामा समेटिएको छ । विभिन्न देशका लागि सिफारिस राजदूतहरूको सुनुवाइ आजबाट सुरु भएको हो ।


















