२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बौद्धमार्गीहरूले मनाए पञ्चदान पर्व

अ+ अ-

भक्तपुर । भक्तपुरमा आज (शनिबार) पञ्चदान पर्व मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्त्व दर्साउने पञ्चदान पर्व आज बौद्धमार्गीहरूले भव्य रूपमा मनाएका हुन् । नेपाल संवत् ७७५ मा मल्ल राजा नरेश मल्लको शासनकालमा जयदेव बज्राचार्यले यो पर्व प्रचलनमा ल्याएको इतिहास छ । 

आज पाँच दीपंकरहरूलाई भक्तपुर नपा-९ सूर्यमढीस्थित आदिपद्म महाविहारमा भेला गराएर त्यहाँ विशेष पूजा सम्पन्न गरेपछि पाँच दीपंकर बुद्धलाई बाजागाजासहित भक्तपुर नगरका १० वटै वडाका टोल-टोलमा परिक्रमा गराइएको छ । 

काठमाडौँस्थित प्रश्नशील महाविहार, गोल्मढीको झौरबही, साको ठाको चतुब्र्रम्ह महाविहार, इताछेंस्थित थथुबही अर्थात् जयकीर्ति विहार र भार्वाचोको कुथुबही अर्थात् बौद्ध समकृत विहारमा रहेका पाँच दीपंकरहरूलाई भक्तपुर नगर परिक्रमा गराइएको छ । 

यस पर्वमा बौद्धमार्गी नेवारहरूले आफ्नो वरपर रहेका विभिन्न विहार, बही, चोक र घरमा दानशाला बनाइ अन्न, फलफूल र दक्षिणा दान दिएका छन् । बुद्ध धर्मका अनुयायी बज्राचार्य, बुद्धाचार्य, शाक्यलगायत भने उक्त टोल टोल पुगेर अन्न, फलफूल र दक्षिणा दान लिन दिनभर भिक्षाटनमा सहभागी भएका छन् । 

काठमाडौँ उपत्यका र अन्यत्र मनाइने पञ्चदान पर्वभन्दा भक्तपुरको पञ्चदान पर्व फरक र विशेष किसिमको रहेको स्थानीय देवचन्द्र बज्राचार्यले जानकारी दिए । भक्तपुरमा ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व रहेको पाँचवटा महाविहारमा विराजमान दीपंकर बुद्धहरूलाई नगर परिक्रमा गराइएर पञ्चदान पर्व मनाइने उनले बताए। 

दीपंकर बुद्धसँगै बौद्धमार्गीहरू बौद्ध परम्पराअनुसार पिण्डपात्र (गुलुपा) हातमा लिएर भिक्षाटनमा सहभागी हुने बज्राचार्यले जानकारी दिए । भक्तपुर नगरको पूर्व आदिपद्म महाविहारबाट सुरु भएको पूजा नगरको पश्चिम थथुबहीमा पुगेर सम्पन्न गरिने परम्परा रहेको छ । 

पाँच दीपंकरहरूलाई टौमढीमा एकैपटक भेला गराइ संयुक्त पञ्चदान पर्व मनाएर समापन गरिने उनले बताए। टौमढीस्थित पश्चिम डबलीमा पाँचवटै दीपंकरलाई लस्करै राखेर विभिन्न बाजागाजा बजाएर संयुक्त पञ्चदान गरिने उनले बताए। 

यस पर्वको प्रमुख विशेषता गुँलाबाजा बजाउनु नै हो भन्दै पुष्परत्न शाक्यले टौमढीमा बौद्धमार्गीहरूले दानगाथा र सन्त्रस्त वाचनसँगै गुँलाबाजा बजाउने परम्परा रहेको बताए बौद्धमार्गीहरुको पञ्चदान पर्वमा मात्रै बजाइने गुँलाबाजा दीपंकर बुद्ध यात्राको क्रममा परम्परागत गुँला धाः बाजा, प्वंगाबाजा, दाफा भजन शृङ्गभेरी बाजाको सांगीतिक समूहहरूले आआफ्नो बाजाको प्रदर्शनी गर्ने प्रचलन रहेको उनले बताए । विहार र बहीहरूमा संरक्षित बौद्ध सम्पदाहरूको प्रदर्शनसमेत गर्ने परम्परा रहेको छ । बौद्धमार्गीले आफूले आर्जन गरेको आयको केही अंश दानका लागि राख्ने र सोही दान पञ्चदान पर्वमा दिने प्रचलन रहँदै आएको शाक्यले बताए । 

देवचन्द्र बज्राचार्यले पाँच दीपंकर बुद्धलाई पाँच पाण्डव भनेर विभिन्न समाचारदेखि व्यक्तिहरूले चर्चा गरेकामा गुनासो गर्दै यो पाँच पाण्डव नभइ पाँच दीपंकर भएको स्पष्ट पारे। भक्तपुर नगरपालिकासँगै मध्यपुर थिमि, काठमाडौँ, कीर्तिपुर, काभ्रेको नाला, बनेपा र चीनको ल्हासामा समेत पञ्चदान पर्व मनाइने प्रचलन रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस