१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी प्रकरणमा संसदीय समितिको फैसला कुरेर बसिरहेको छु : महामन्त्री थापा

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नताको प्रमाण भएकाले नै संसदीय समितिमा नौ घण्टासम्म बयान दिनुपरेको बताएका छन् । उनले त्यसबारे अहिले नै संसदीय समितिको फैसला नआइसकेको भन्दै प्रमाण खोई भनेर खोज्नेहरूलाई त्यतिञ्जेल कुरेर बस्न आग्रह गरे ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नताको प्रमाण भएको, संसदीय समिति गठन हुँदा आफूहरुले देखाएका प्रमाणहरु संसदीय समितिलाई बुझाइसकेको बताए ।

उनले भने, ‘केही दिनदेखि संसद्‌मा केही साथीहरुले प्रमाण खोई ? प्रमाण खोई ? भनेर खोजिराख्नु भएको पाएँ । त्यत्रो तथ्य, प्रमाणहरु भएरै त होला यत्रो संसद्‌मा संघर्ष गरेर संसदीय समिति हामीले बनाएका छौँ । त्यसको टीओआर हामीले लेख्न लगाएको हो । नाम लेख्न लगाएको हो । कम्पनीको नाम लेख्न लगाएको हो । ती प्रमाणहरु भएकै कारण होला कि नौ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकोले नै आएको होला । मलाई त समितिमाथि पूरा विश्वास छ । सुर्य थापाले एकदम मेहनत गर्नुभएको छ । समितिमा भएका सबै साथीहरुमाथि विश्वास छ । बरु साथीहरु झुक्किनुभयो कि भन्ने लागेको छ मलाई । अहिले बयान भएको हो । सफाइ पाएको होइन । फैसला त आउनै बाँकी छ ।’

महामन्त्री थापाले फैसलासम्म कुर्न र फैसला आउने दिनसम्म कुरेर बस्न समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस