२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी प्रकरणमा मैले खोजेको जवाफ : पाइनँ रवि लामिछाने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफूले खोजेको जवाफ नपाएको पार्टी बैठकमा बताएका छन् ।

मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा लामिछानेले ‘सहकारीबाट पैसा लिएको प्रमाण छ’ भन्नेहरूले जवाफ दिन नसकेको बताएका हुन् । बैठकमा उनले सुशासनका मुद्दा उठाउँदा प्रतिशोध साँधेर आफू माथि सत्ता पक्ष लागेको आरोप लगाएका थिए ।

बैठकमा लामिछानेले राखेको धारणा उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘मैले खोजेको जवाफ पाएको छैन । हामीले भने जवाफ दिइरहनु परेको छ । अरु राजनीतिक दलका नेता मुछिएका प्रकरणमा मलाई जस्तै किन सोधपुछका लागि बोलाइँदैन ?’

सभापति लामिछानेले संसदीय छानबिन समितिमा दिएको जवाफका बारेमा केन्द्रीय सदस्यहरूलाई जानकारी गराएका थिए । समितिले सोधेका ५१ प्रश्न र जवाफ समेटिएको सामग्रीलाई पार्टी अभिलेखमा राख्ने जानकारी लामिछानेले गराएका थिए ।

‘प्रतिवेदन पार्टीको अनुशासन आयोगमा दर्ता गराउने र दस्तावेजीकरण गर्ने अभ्यासलाई निरन्तरता दिने कुरा भएको छ,’ कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । गत शुक्रबार संसदीय छानबिन समितिले लामिछानेसँग ९ घण्टा बढी सोधपुछ गरेको थियो ।

बैठकमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले स्थानीय तहमा छाया सरकार बनाउने कार्यविधि प्रस्तुत गरेका थिए । उक्त कार्यविधि माथि नेताहरुले सुझाव दिएपछि अर्को बैठकबाट निर्णय गरिने भएको छ ।

उपसभापति डीपी अर्यालले फरक प्रस्ताव पार्टी बैठकमा राखेका थिए । पार्टीलाई सबल बनाउने उद्देश्यले कार्यविधि प्रस्तुत गरेका थिए । अर्यालको प्रस्ताव ‘पार्टी पिलर’ अवधारणासहितको रहेको कार्यवाहक प्रवक्ता झाले जानकारी गराए । ‘पार्टी पिलर भनेर उहाँको अवधारणा छ । पार्टीमा सक्षम व्यक्तिहरूलाई कसरी जोड्न सकिन्छ । कस्तो पृष्ठभूमिको व्यक्तिलाई प्रवेश गराउने बारेमा उहाँको अवधारणा थियो,’ झाले भने ।

आजको बैठकले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेतबाट निष्कासन गर्ने गर्ने निर्णय गरेको छ । १ र २ असोजमा हुने राष्ट्रिय भेलाका लागि १४ वटा उपसमिति बनाउने निर्णय पार्टी बैठकले गरेको छ । बैठकमा सांसदहरुले संसदमा खेलेको भूमिका र उठाएका मुद्दाबारे पार्टीलाई रिपोर्टिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस