२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन बस दुर्घटना अपडेट : यी हुन् १७ घाइते (नामसहित)

अ+ अ-

काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।

दुर्घटनामा घाइते हुनेहरूमा १३ जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरू मध्ये ५ जना मध्यम र १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइते हुनेहरूमा कन्चनपुर भीमदत्त न.पा.१० बस्ने वर्ष ४० की तारा थापा, कैलाली लम्किचुहा न.पा.३ की २३ वर्षीया हरिकला थापा, लम्किचुहा ३ कै १९ वर्षीय कैलाश वि.क, लम्किचुहा ३ बै २७ वर्षीय कृष्णा वि.क.सामान्य घाइते छन् ।

त्यस्तै लम्किचुहा ३ बस्ने वर्ष ३५ की जयन्ती बि.क, कन्चनपुर भीमदत्त न.पा.८ बस्ने वर्ष ३७ को दिल बहादुर सुनार, कन्चनपुर न.पा.३ बस्ने वर्ष २३ को समिदेवल राना, कैलालीको गोदावरी न.पा.१२ बस्ने वर्ष ३७ को शेर बहादुर विष्ट, बझाङ वित्थडचिर गा.पा ४ का २२ वर्षीय बसन्त बोहोरा, कन्चनपुर भीमदत्त न.पा.१७ का ३४ वर्षीय धरम खड्का घाइते भएका छन् ।

त्यसैगरी कन्चनपुर भीमदत्त न.पा.१० का २० वर्षीय दिपेश भट्ट, दार्चुला महाकाली न.पा.६ का २३ वर्षीय लक्ष्मण बम, कन्चनपुर भीमदत्त न.पा.९ का २५ वर्षीय भिमसेन सार्की, बैतडी दशरथचन्द न.पा.२ का ३७ वर्षीय जनक बिजाली, कन्चनपुर भीमदत्त न.पा.४ का २३ वर्षीय विनोद सार्की, डडेलधुरा गन्यापधुरा गा.पा.३ का ३३ वर्षीय देवबहादुर भुल र चितवन भरतपुर म.न.पा.५ का २५ वर्षीय विपिन न्यौपाने घाइते भएका हुन् ।

घाइतेहरू सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस