काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभागको आयोजनामा राष्ट्रिय खानेपानी सरसफाइ तालिम केन्द्र नगरकोटमा आजदेखि दुई दिने खरिद क्लिनिक कार्यशाला गोष्ठी सुरु भएको छ ।
खानेपानी मन्त्री प्रदीप यादवको प्रमुख आतित्थ्यमा विभागले आर्थिक वर्ष २०८१÷८२ को आयोजना कार्यान्वयनसम्बन्धी गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा संघीय खानेपानीमन्त्रालयमातहतका देशभरिका कार्यालयका प्रमुखको सहभागिता रहेको विभागका महानिर्देशक रामकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आज खरिद क्लिनिकलगायतका विषयमा छलफल भएको थियो । शनिबार विभागले प्रतिवेदन पेस गर्नेछ । यसैगरी स्मार्ट फ्लोमिर, पानीको गुणस्तर अनुगमनलगायतका विषयमा पनि छलफल सुरु भएको जनाइएको छ । गोष्ठीमा मन्त्रालयका सचिव इञ्जिनियर प्रमीलादेवी शाक्य बज्राचार्य, सहसचिव मीन श्रेष्ठ सहितका कर्मचारीको सहभागिता छ ।