२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जग्गाधनी प्रमाणपत्र नहुँदा व्यवसाय दर्तामा समस्या

अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा उद्योग व्यवसाय दर्ता नहुँदा स्थानीयलाई समस्या भएको छ । नारायणीपारिको सुस्ता गाउँका अधिकांश स्थानीयसँग नागरिकता र जग्गाधनी प्रमाणपत्र नहुँदा समस्या भएको हो ।

जग्गाधनी प्रमाणपत्र नहुँदा व्यापार–व्यवसाय दर्ता पनि हुन सकेको र कतिपय स्थानीयले बिनादर्ता व्यवसाय सञ्चालन गरेका छन् । यद्यपि उत्पादित सामग्री किनबेचमा समस्या भएको सुस्ताका स्थानीय तथा सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताए।

सुस्तामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तारका क्रममा रहेकाले विद्युत् मिटरका लागि पनि जग्गाधनी पुर्जा नहुँदा समस्या भएकाले आफ्ना समस्या सम्बोधन गर्न सुस्तावासीले सरकारसँग माग गरेका छन् ।

सुस्ता गाउँमा झण्डै तीन सय परिवारको बसोबास छ । अधिकांशसँग नागरिकता नहुँदा उनीहरू राज्यले प्रवाह गर्ने सेवा सुविधाबाट वञ्चित भएका छन् ।

सदरमुकाम परासीमा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा व्यवसाय दर्ताका लागि सुस्तावासी आउने गरे पनि कार्यालयले जग्गाधनी पुर्जा नभएको भन्दै फिर्ता पठाइदिने गरेको छ । नागरिकता नहुँदा धनी पुर्जा पनि सुस्तावासीसँग छैन ।

सुस्तावासीका समस्याप्रति संवेदनशील जिल्लाका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।सुस्ताको समस्या विशिष्ट किसिमको भएकाले स्थानीय तहको सिफारिसका आधारमा घरेलु कार्यालयमा व्यवसाय दर्ताको अनुमति दिन सरकारको ध्यानाकर्षण गराएको प्रवक्ता जयसवालले बताए।

स्थानीय तहको सिफारिसका आधारमा व्यवसाय दर्ताको व्यवस्था प्रदेश मातहतको घरेलु कार्यालयमा हुनुपर्नेमा मागसहितको ज्ञापन पत्र बुझाइएको छ । सुस्ता भौतिक पूर्वाधारले सम्पन्न हुँदै गए पनि नागरिकता समस्या भने समाधान हुन सकेको छैन ।  नारायणी नदीमा पारि सुस्ता गाउँ जोड्ने गरी  झोलुङ्गे पुल निर्माण भएपछि आवतजावत सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस