२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऐनमै टेकेर धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति हुन्छ : अर्थमन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्रसम्बन्धी ऐनको दफा ७ ले निर्दिष्ट गरेको कानुनी प्रक्रिया र विधिबमोजिम अध्यक्ष नियुक्ति हुने दाबी गरेका छन् । प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै पौडेलले यस्तो दाबी गरेका हुन् ।

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा कसैले प्रभाव पार्न नसक्ने उनको भनाइ छ । मिडियामा प्रकाशित समाचार अनुसार सांसदलाई धारणा नबनाउन उनले आग्रह गरे । बोर्ड अध्यक्ष नियुक्तिमा कुनै पार्टीका नेताले चाहेर निर्णय नहुने उनको दाबी छ ।

‘सिफारिस समितिले सिफारिस गरेबमोजिम अध्यक्ष नियुक्ति हुने व्यवस्था हो, कुनै पनि पार्टी वा पार्टीका नेताले चाहेर हुँदैन,’ पौडेलले भने ।

सेयर बजारलाई परिपक्व, अनुशासित र दिगो रूपमा विकास गर्नुपर्छ भन्ने सरकारको धारणा रहेको उनले बताए । सोसल मिडियामार्फत ग्रुप बनाएर लगानीकर्तालाई भ्रमित नगरियोस् भन्नेमा ध्यान दिइएको उनको दाबी छ ।

निश्चित पूँजी भएका कम्पनीलाई धितोपत्र बजारमा अनिवार्य सूचीकरण हुनुपर्ने चालु आवको बजेटमा गरिएकाले उत्पादनका साधनमा पहुँच बढ्ने उनले बताए ।

दोस्रो बजारमा कारोबार गर्नेको संख्या २२ लाखभन्दा बढी रहेकाले पूँजी बजारमा कसैको एकाधिकार नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस