१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भयो संक्रमणकालीन न्यायसम्बन्धी विधेयक

अ+ अ-

काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । जसलाई सभाले सर्वसम्मत रूपमा स्वीकार गरेको हो ।

पछिल्लो पटक सरकारले २५ फागुन २०७९ मा प्रतिनिधि सभामा संशोधन विधेयक दर्ता गरेको थियो । जसलाई संघीय संसदको दुवै सभाले संशोधनसहित पारित गरेको हो ।

विधेयक पारित हुनु अगाडि राष्ट्रिय सभामा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले विधेयक कानुनमा रूपान्तरित भएसँगै आयोग गठनको प्रक्रिया शुरु हुने बताए ।

आयोग गठन भएपछि कस्ता पदाधिकारी आउँछन् उनीहरूले गर्ने कामका आधारमा नेपालको शान्ति प्रक्रिया टुंगिनेतिर अग्रसर हुने बताए । संक्रमणकालीन न्यायलाई यही रूपमा सम्बोधन गरिनुपर्ने र यसका लागि सबै जिम्मेवार हुनुपर्ने बताए ।

राष्ट्रिय सभामा माओवादी केन्द्रका संसदीय दलका नेता नारायणकाजी श्रेष्ठले तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धबाट नेपालमा राजनीतिक परिवर्तन र उपलब्धी हासिल भएको बताए ।

राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढ्नु नै नेपालको वर्तमानको केन्द्रीय कार्यभार भएको बताए । यसका लागि समेत शान्ति प्रक्रियाको विषय टुंगिनु आवश्यक रहेको र सकारात्मक दिशामा अगाडि बढेको बताए ।

राष्ट्रिय सभामा नेकपा एमालेका प्रमुख सचेतक भगवती न्यौपानेले शान्ति प्रक्रिया टुंग्याउन वर्तमान सरकार लागेको भन्दै निष्कर्षमा पुर्‍याउन सबै सहयोगी हुनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस