काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले काँग्रेस र एमालेबीच मध्यरातमा भएको सहमति स्वीकार्य नहुने बताएका छन् ।
काँग्रेस नेता प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै संविधान संशोधन गर्ने भए खुला बहस गर्न चुनौती दिए ।
उनले भने, ‘निर्वाचन प्रणाली र शासन व्यवस्थाको विषयमा कुरा उठाइरहेका छन्, यो देशलाई अगाडि बढाउनेछ भने हामीले बहस र छलफल गर्नुपर्छ । कम्युनिष्टहरुमा बुद्धि छैन, अहंकार ज्यादा चेतपछि आउँदो रहेछ ।’
जनता र देशका निम्ति समर्पित भएर अघि बढ्नुपर्ने बताए ।







