तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्तावित कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले जानकारी दिए। नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका नेता आचार्य नेपाली काँग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको छ ।
सङ्घमा सत्ता समीकरण फेरिएसँगै गत साउन ७ मा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सतासी प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्दछ । आचार्यलाई एमालेका २९ र काँग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यको समर्थन छ ।