१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१ वर्षमा १५ अर्ब रूपैयाँबराबरको गेडागुडी आयात

अ+ अ-

काठमाडौँ । आर्थिक वर्ष ०८०/८१ मा १५ अर्ब १ करोड ९६ लाख रूपैयाँबराबरको गेडागुडी तथा दलहन आयात भएको छ । मुलुकले एक वर्षमा १४ करोड ७७ लाख ५९ हजार किलो गेडागुडी आयात गरेको भन्सार विभागले जनाएको छ ।

केराउ, चना, बोडी, सानो रातो बोडी, राजमा, तनेबोडी, बकुला, सिमीलगायत गेडागुडी आयात भएको विभागले जनाएको छ । विभागका अनुसार गत आर्थिक वर्ष ५ अर्ब १० करोड ५० लाख रूपैयाँबराबरको रातो दाल र १ करोड ५० लाख १३ हजार रुपैयाँ बराबरको केराउ आयात गरिएको थियो ।

मुलुकमा ४ अर्ब ५ करोड रूपैयाँबराबरको चना, ३ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बोडी, ४७ करोड ९७ लाख रुपैयाँको राजमा आयात भएको विभागको तथ्यांक छ । ८ करोड ६२ लाख रुपैयाँको अन्य बोडी र १ करोड ४ लाख रुपैयाँको तनेबोडी आयात भएको छ ।

नेपालमा सबैभन्दा बढी अस्ट्रेलियाबाट ३ अर्ब ५१ करोड ३० लाख रुपैयाँको चना आयात भएको छ । म्यानमारबाट १ अर्ब ६४ करोड ३ लाख रुपैयाँको बोडी, भारतबाट ४० करोड ९२ लाख रुपैयाँको राजमा आयात गरिएको विभागले जनाएको छ । भारतबाट १ करोड ५० लाख रुपैयाँ बराबरको केराउ आयात गरिएको छ ।

नेपालमा भारत, चीन, म्यानमार, अस्ट्रेलिया, क्यानडा, केन्या, अर्जेन्टिना, ब्राजिल, साउथ अफ्रिका, भेनुजुयला, मोरोक्को, इन्डानेसियालगायत विभिन्न मुलुकबाट गेडागुडी आयात हुने गरेको छ । आर्थिक वर्ष ०७९र८० मा १४ अर्ब ८ करोड ३८ लाख रूपैयाँबराबरको गेडागुडी तथा दलहन आयात भएको थियो । विभागका अनुसार १४ करोड ५२ लाख ६६ हजार किलो आयात भएको थियो ।

प्रतिक्रिया दिनुहोस