१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक महिनामा साढे ८ अर्ब बढी प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ ।

उद्योग विभागका अनुसार यो महिना ‘अटोमेटिक रुट’ बाट ५ अर्ब ९७ करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ । यस महिना कुल ५९ उद्योग दर्ता भएको देखिएको छ ।

अटोमेटिक रुटबाट ३१ उद्योग दर्ता भएको देखिएको छ । साउनसम्मको तथ्यांक अनुसार ५ खर्ब २० अर्ब रुपैयाँ बराबर एफडीआई नेपाल भित्रिएको छ ।

साउनमा दर्ता भएका विदेशी लगानीका उद्योगमध्ये ५७ साना उद्योग छन् । दुई ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको देखिएको छ । यसरी आएको लगानी प्रतिबद्धतामध्ये ठूलो अंश पर्यटनमा छ । पर्यटनमा कुल ४० उद्योग दर्ता भएको छ । जुन कुल दर्ताको ६० प्रतिशत हो ।

त्यस्तै सेवा क्षेत्र १२, उत्पादन ३, सूचना-प्रविधि २ र कृषिमा २ उद्योग दर्ता भएको देखिएको छ । साउनमा ४९ करोड ९४ लाख रुपैयाँ बराबर रोयल्टी विदेशी लगानीकर्ताले लगेको देखिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा एफडीआई प्रतिबद्धता झन्डै दोब्बरले वृद्धि भएको थियो । उद्योग विभागका अनुसार एक वर्ष अवधिमा ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको थियो । अघिल्लो आव २०७९/८० मा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ३८ अर्ब ४० करोड रुपैयाँ बराबर थियो ।

प्रतिक्रिया दिनुहोस