काठमाडौँ । गृह मन्त्री रमेश लेखकले नयाँ सरकार बनेपछि देशमा देखिएको निराशा हट्दै गएको जिकिर गरेका छन् । काठमाडौँमा आयोजित सम्मान कार्यक्रममा बोल्दै मुलुकमा सुशासन स्थापित गर्नको लागि एमालेसँग मिलेको बताए ।
उनले भने, ‘नयाँ सरकार बनेको एक महिना भएको छ, यो सरकार मुलुकमा सुशासन स्थापित गर्न, दिगो शान्ति स्थापित गर्दै विकासलाई द्रुत गतिमा बढाएर आर्थिक समृद्धिमा अगाडि बढ्ने महत्वपूर्ण उद्देश्यले बनेको छ ।’
उनले संसदमा रहेको दुई ठूला दल मिलेर सरकार बनाउने कुरा स्वाभाविक नभए पनि देशलाई निकास दिन मिलेको बताए ।
उनले भने, ‘विगतमा हामीले मुलुकको समस्या समाधान गर्नको लागि हामी मिलेका छौँ । त्यहीअनुसार अहिले एक ठाउँमा उभिएका छौँ । पछिल्लो समय हामीले राजनीतिक स्थितरता दिन सकेनौँ । प्रधानमन्त्रीले तीन(तीन महिनामा संसदमा विश्वासको लिनुपर्ने, नयाँ नयाँ समीकरण बन्ने स्थिरता दिन नसेको स्थिति बन्यो सरकार अस्थिर हुँदा देशको सबै क्षेत्रमा समस्या आयो । विधिको शासनलाई ठिक ढंगमा बढाउन सकेन । मुलुक निराशातर्फ जान लागेको स्थिति भएपछि हामी मिल्यौँ ।’
संविधान संशोधन, संघीयता लोकतान्त्रिक गणतन्त्रलाई सुदृण गर्नको लागि हुने बताए। नयाँ सरकार बनेपछि एक महिनामै टीआरसी विधेयक टुङ्ग्याएको भन्दै राम्रो कामको सुरुआत भइसकेको बताए ।