व्यावसायिक लोठसल्ला खेतीमा भोजपुरका किसान आकर्षित « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

व्यावसायिक लोठसल्ला खेतीमा भोजपुरका किसान आकर्षित


१ भाद्र २०८१, शनिबार


भोजपुर । भोजपुरका किसान  व्यावसायिक लोठसल्ला खेतीमा जुटेका छन् । मनग्य आम्दानी हुने भएपछि किसान औषधीजन्य बहुउपयोगी जडीबुटी लोठसल्लाको खेतीमा जुटेका हुन् । जिल्लाको लेकाली भेगमा यसको व्यावसायिक खेती हुँदै आएको छ । 

यहाँको आमचोक गाउँपालिका २ मा सात  कृषक मिलेर व्यावसायिक रूपमा लोठसल्लाको खेती थालेका छन् । बसाइसराइका कारण बाझिँदै गएको जमिनको सदुपयोग गर्ने लक्ष्यले करिव तीन सय रोपनी जमिनमा लोठसल्लाको व्यावसायिक खेती विस्तार गरेको कृषक सन्तोष चौलागाँइले बताए। हालसम्म १८ हजार बिरुवा रोप्ने काम सम्पन्न भएको उनले जानकारी दिए। भावी दिनमा यसलाई थप विस्तार गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।

“सात जना कृषक मिलेर व्यावसायिक रूपमा तीन सय रोपनी जमिनमा लोठसल्ला खेती गरिरहेका छौँ”उनले भने“हालसम्म १८ हजार बिरुवा विस्तार गरिसकेका छौँ । सुरुमा आफ्नै लगानीमा थालेको काममा राज्यको तर्फबाट पनि केही सहयोग पाउँदा खुसी लागेको छ ।”

किसानलाई जडीबुटी पकेट क्षेत्र निर्धारण गरेर आवश्यक सहयोग गर्दै आएको डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले बताए। भोजपुरमा लोठसल्ला, सतुवा, चिराईतोलगायत जडीबुटीको राम्रो सम्भावना रहेकोले यसको विस्तारमा जोड दिएको उनको भनाइ छ ।“भोजपुरमा जडीबुटीको निकै राम्रो सम्भावना छ” उनले भने ,“यहाँको सम्भावनाको पहिचान गरेर लोडसल्ला, सतुवा,चिराईतोको व्यावसायिक खेतीमा  प्रोत्साहन गर्दै आएका छौँ ।”

आमचोक क्षेत्रमा किसानहरूले उदाहरणीय रूपमा लोठसल्लाको खेती गरिरहेको कार्यालयको भनाइ छ । किसानले स्वतःस्फूर्त थालेको काममा केही प्रोत्साहन गर्ने लक्ष्यले गत आर्थिक वर्षमा बिरुवा खरिदको लागि रु.चार लाख पाँच हजार सहयोग गरेको वन कार्यालयका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए। यहाँका किसानले थालेको लोठसल्ला खेती नमुनायोग्य रहेको उनको भनाइ छ । विशेष गरेर जिल्लामा भूगोल अनुसारको जडीबुटी खेतीमा जोड दिइएको कार्यालयको भनाइ छ । 

जैविक विविधतासँगै क्यान्सरजस्तो घातक रोगको औषधिको कच्चा पदार्थका रूपमा यसको पात तथा डाँठको प्रयोग हुने विज्ञहरूको भनाइ छ । यसको पातलाई चियाको रुपमासमेत प्रयोग गर्न सकिने वन कार्यालयको जनाएको छ । लोठसल्ला खेतीको लागि भोजपुरको आमचोक गाउँपालिका, टेम्केमैयुङ ! तिम्मा, वडा नं ५ खावा, वडा नं ९ लेखर्क तथा जिल्लाको माथिल्लो क्षेत्रमा बढी सम्भावना रहेको डिभिजन वन कार्यालयका सहायक बन अधिकृत खुद्रुस मियाले बताइन्। लोठसल्ला खेतीको लागि समुन्द्री सतहबाट दुई हजारदेखी तीन हजार पाँच सय मिटरसम्मको उचाइ उपयुक्त हुने उनको भनाइ छ ।

लोठसल्ला बहुउपयोगी औषधीजन्य गुण भएको वनस्पति रहेकोले यसको खेती विस्तारमा जोड दिन आवश्यक रहेको जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले बताए । किसानले जिल्लामा लोठसल्ला खेतीको लागि गरिरहेको काम नमुनायोग्य रहेको उनको भनाइ छ । यस्ता खालका कार्यक्रमले बाँझो तथा खाली जमिनको सदुपयोगसँगै किसानलाई आयआर्जनमा जोड्न टेवा पुग्ने प्रमुख थुलुङले बताए।“मैले पनि आमचोकमा भइरहेको लोठसल्ला खेतीको स्थलगत अनुगमन गरे”प्रमुख थुलुङले भने,“किसानहरूले खेती विस्तारको लागि गरिरहेको काम उदाहरणीय छ । यसले बाँझो जमिनको सदुपयोगसँगै उनीहरूलाई आयआर्जनमा जोड्न टेवा पुग्ने देखिन्छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस