२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘टीआरसी विधेयक पीडितमैत्री छ, निष्कर्षमा पुग्दा विश्वशान्तिका लागि योगदान गर्छ’

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन् । शुक्रवार बिहान खुमलटारमा पुगेर राजदूत फेनले ‘प्रचण्ड’सँग भेटवार्ता गरेका हुन् ।

राजदूत रोबले नेपालले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट टुङ्गोमा पुर्‍याएकोमा खुसी व्यक्त कार्यान्वयनका निम्ति बेलायत सरकारको पूर्ण सहयोग रहने बताए ।

भेटमा ‘प्रचण्ड’ले नेपालको प्रतिनिधि सभाले पीडितमैत्री न्यायमा जोड दिँदै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको बताए । पीडितमैत्री न्याय, परिपूरण र सम्मानका लागि आवश्यक पर्ने क्षेत्रमा बेलायत सरकारको सहयोग रहने विश्वास व्यक्त गरे ।

आफू सरकारको नेतृत्वमा रहँदा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक अघि बढाउन पहल लिएको बताउँदै विधेयक निष्कर्षमा पुग्दा त्यसले विश्वशान्तिका निम्तिसमेत योगदान पुग्ने बताए । भेटका क्रममा अध्यक्ष ‘प्रचण्ड’ले गोर्खाहरूले उठाउँदै आएका सवालहरू बेलायती सरकारबाट सम्बोधन हुने विश्वाससमेत व्यक्त गरे ।

भेटमा राजदूत फेनले अध्यक्ष ‘प्रचण्ड’को बलमा शान्ति प्रक्रियाले पूर्णता पाएकोमा बधाई दिँदै नेपालका लागि आवश्यक सहयोगमा बेलायतको सधैँ सहयोग रहने बताए ।

फेनले बेलायती नागरिकहरूमा नेपाली उत्पादनप्रति रुचि बढेको बताउँदै पारस्परिक सहयोग र व्यापारमा समेत साझेदारी बढाउन सकिने बताए ।

‘प्रचण्डको कार्यकालमा लगानी अनुकूल कानुन संशोधन र लगानी सम्मेलन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै नेपालमा वैदेशिक लगानी भित्राउन आफ्नो योगदान रहने बताए ।

प्रतिक्रिया दिनुहोस