काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले बालुवाटारमा पिपुल्स लाइब्रेरी स्थापना गर्ने प्रस्ताव गरेकी छन् ।
शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा खाली रहेको पुस्तकालय कोठामा पिपुल्स लाइब्रेरी बनाउने प्रस्ताव गरेकी हुन् ।
ओलीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘पिपुल्स लाइब्रेरी बनाउने राधिकाको प्रयास ! बालुवाटारमा खाली रहेको पुस्तकालय कोठा देखाउँदै राधिकाबाट प्रस्ताव आयो। यहाँ पिपुल्स लाइब्रेरी बनाऔँ। त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेछन् । राम्रोसँग मिलाएर राख्दा १२ सय देखि २ हजार वटा पुस्तक अट्ने रहेछ ।’
लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक यस पुस्तकालयमा राख्ने व्यवस्था गरिएको छ ।
पुस्तकालयका लागि शाक्यले हप्तामा ६ दिन एक एक घण्टाको समय छुट्टाउने भएकी छिन् ।