२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राधिकरण विभाजन विधेयकको मस्यौदा तयार

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन विधेयकको मस्यौदा तयार गरिएको बताएका छन् ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज सिंहदरवारमा भएको वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनसम्बन्धी छलफलमा मन्त्रालयका तर्फबाट प्रस्तुति दिँदै उनले क्यान विभाजनसम्बन्धी विधेयक अर्थ मन्त्रालयमा सहमतिका लागि पठाएको जानकारी दिए । 

“मन्त्रालयले क्यानलाई अलग बनाउने कानुनका मस्यौदा अगाडि बढाएको हो । क्यान विभाजनसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेस नभई निष्क्रिय भएको थियो,” सचिव पाण्डेले भने । 

क्यानलाई हवाई सेवाको नियमन र विमानस्थल सेवा सञ्चालन बेग्लाबेग्लै संरचनाबाट गर्न ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६’ तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले विसं २०७६ फागुन ११ गते राष्ट्रिय सभामा दर्ता गराएका थिए। विसं २०७८ साउन १८ गते राष्ट्रियसभाबाट पारित उक्त विधेयक विसं २०७९ असोज १ मा प्रतिनिधि सभाको कार्यकाल समाप्त भएकाले निष्क्रिय भएको थियो ।

मन्त्रालयले संस्कृति नीति तयार गरेको जानकारी दिँदै सचिव पाण्डेयले चालु आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य अनुरूप प्रवर्द्धनात्मक कार्यक्रम अघि बढाइएको बताए । अघिल्लो आर्थिक वर्ष १० लाख १४ हजार आठ सय ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपालमा पर्यटकको औसत बसाई १३ दिन रहेकामा १३ दशमलव ५ पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस