काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकका सन्दर्भमा छलफल भइरहेको छ ।
सिंहदरवारमा जारी बैठकमा विधेयकका सम्बन्धमा विभिन्न सरोकारवाला निकायसँग सुझाव लिने आजको कार्यसूची रहेको समिति सभापति रामहरि खतिवडाले बताए ।
आजको छलफलमा गृहमन्त्री रमेश लेखक, अख्तियारका प्रमुख आयुक्त प्रेम राई, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत उपस्थित छन् ।
यसअघि बैठकमा सदस्यहरूले पदीय हैसियतको दुरुपयोग गर्नेलाई कारबाहीको दायरा बढाउनुपर्नेमा जोड दिएका थिए ।
भ्रष्टाचारजन्य कसुरमा हदम्यादको विषयलाई लिएर पनि फरक-फरक धारणा आएका छन् । समितिमा फास्ट ट्रयाकमा विधेयकलाई अघि बढाइएको छ ।