२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिकट दिनुपूर्व र नयाँ नियुक्ति गर्नुपूर्व परीक्षा लिइने

अ+ अ-

काठमाडौँ। नेकपा एमाले चितवनले केन्द्रीय सचिवालयको निर्णयबाट चितवनमा नयाँ जिम्मेवारी पाएका नेताहरूलाई बधाई तथा स्वागत कार्यक्रम गरेको छ । 

पार्टी कार्यालयमा बुधबार आयोजित कार्यक्रममा पार्टी केन्द्रले चितवन जिल्लामा विभिन्न जिम्मेवारी तोकेर पठाएका केन्द्रीय कमिटीका नेताहरूलाई बधाई तथा स्वागत गरिएको हो ।

कार्यक्रममा पार्टी संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले एमाले पार्टी निर्माणको नयाँ चरणमा रहेको बताए । पार्टी रि-इन्जिनियरिङ् र रि-शुद्धीकरणको अभियानमा रहेको उनले बताए ।

प्रमुख अधिकारीले अब कामको मूल्याङ्कनका आधारमा नेताहरुले जिम्मेवारी पाउने बताए । ‘अब कसैलाई टिकट दिनुपूर्व, नयाँ नियुक्ति गर्नुपूर्व उसको परीक्षा लिइनेछ’, उनले भने, ‘सैद्धान्तिक परीक्षा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नयाँ जिम्मेवारी सुम्पिनेछ । मैदानमा पठाएर नेता कार्यकर्ताको परीक्षण गर्ने प्रणाली पार्टीले विकास गरेको छ ।’

पार्टी सदस्यता विस्तारमा जोड दिन नेता कार्यकर्तालाई निर्देशन दिँदै उनले पार्टीलाई मजबुत बनाउनेतर्फ लाग्न आग्रह गरे ।

पार्टी स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज डा। राजन भट्टराईले संविधान कार्यान्वयनका लागि काँग्रेससँग एमाले मिलेको स्पष्ट पार्दै आगामी चुनावमा काँग्रेस नै एमालेको प्रतिस्पर्धी हुने बताए ।

उनले २०८४ मा पार्टी एक ढिक्का भएर लाग्न सकेमा पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दाबी गरे ।

पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, पोलिटब्युरो सदस्य एवम् निवर्तमान चितवन जिल्ला इन्चार्ज पार्वत गुरुङ, पार्टी बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेललगायतले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्दै आगामी चुनावमा पार्टी प्रथम हुने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी पाएका स्थायी कमिटी सदस्य राजन भट्टराई, चितवन जिल्लाको इन्चार्जको जिम्मेवारी पाएका पोलिटब्युरो सदस्य देवी ज्ञवाली, नेपाल खेलकुद महासंघको इन्चार्जको जिम्मेवारी पाएका केन्द्रीय सदस्य जेएन थपलिया, चितवन संघीय निर्वाचन क्षेत्र ३ को इन्चार्जको जिम्मेवारी पाएका केन्द्रीय सदस्य यमबहादुर परियार, केन्द्रीय सदस्यमा नियुक्त भई चितवन संघीय निर्वाचन क्षेत्र नं २ को इन्चार्जको जिम्मेवारी पाएका कृष्णभक्त पोखरेल, केन्द्रीय भूमि व्यवस्था विभाग सचिवको जिम्मेवारी पाएका विजय सुवेदीलाई बधाई तथा स्वागत गरिएको थियो ।

सोही अवसरमा बागमती प्रदेश वन तथा वातावरणमन्त्री कृष्ण सिलवाललाई पनि बधाई तथा स्वागत गरिएको थियो । यसैगरी प्रदेश कमिटीमा मनोनीत चितवनका नेताहरू र राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको दोस्रो अधिवेशनबाट विभिन्न जिम्मेवारी पाएका चितवन भूगोलका नेताहरूलाई समेत बधाई तथा स्वागत गरिएको छ ।