काठमाडौँ । सन्तानलाई हस्तान्तरण गर्नु पर्ने मुख्य सम्पत्ति भनेको संस्कृति र सम्पदाको यथास्थिति हो । यसलाई दुरुस्त हस्तान्तरण गर्न अभिलेखन चाहिएको छ । काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्छन्, ‘कामको भार गहन छ, महसुस गरेर सञ्चालन गर्नुपर्छ ।’
महानगरपालिकाले युवा र बालबालिकाहरूलाई मौलिक सम्पदा र संस्कृतिका बारेमा अनुभूति गराउन तथा प्रवर्द्धनात्मक कार्यक्रम चलाउन सम्पदामा युवा र बालबालिका ‘सम्युवा’ कार्यक्रमका सञ्चालन गरेको छ । कार्यक्रममा आबद्ध स्वयमसेवकले अहिलेसम्म गरेका कामको समीक्षाका लागि आयोजना गरिएको कार्यक्रममा संयोजक संगतले यस्तो धारणा राखेका हुन् ।
महानगरपालिकाले स्वयमसेवकका रूपमा काम गर्न माग गरेको आवेदनबाट ४३७ जनाले फाराम भरेका थिए । सर्टलिष्टमा भने २४७ जना छानिएका छन् । उनीहरूमध्ये अन्तर्वार्तामा १६५ जना उपस्थित भएका थिए । अन्तर्वार्ताबाट ४५ जना सम्युवा कार्यक्रमका लागि र १ सय जना बाबा कार्यक्रमका लागि छानिएका थिए । बाबा कार्यक्रमका लागि छानिएका स्वयमसेवक विद्यालयको वातावरणीय क्षेत्रमा र सम्युवाका लागि छानिएका स्वयमसेवक सम्पदा क्षेत्रमा काम गरिरहनुभएको छ । कार्यक्रमका बारेमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले जानकारी दिइन् ।
सम्युवामा आबद्ध स्वयमसेवकहरुलाई जात्रा पर्व सञ्चालनका समयमा खटाउने गरिएको छ । मूर्त अमूर्त सांस्कृतिक सम्पदाको अध्ययन र अभिलेखन गर्न लगाइएको छ । स्वयमसेवकले गरेका कामका विषयमा जानकारी दिँदै महाशाखा प्रमुख सृजुमैयाँ प्रधानले, समुदाय र विद्यालयमा गएर सम्पदाका अन्तर बस्तुका विषय, मौलिकता र सामाजिक व्यवस्थापनमा विषयमा काम भएको जानकारी दिइन् ।
स्वयमसेवकको उत्प्रेरणाका लागि कार्यक्रममा प्रमाण पत्र प्रदान गरिएको थियो । तालिममा स्वयमसेवक र सम्पदा सम्बन्धी चिनारी, स्वयमसेवकको जिम्मेवारी, नेतृत्व विकास, समूहगत कार्यको विकास, आफू उत्प्रेरित हुने र अरूलाई उत्प्रेरित गराउन सक्ने विषयमा ज्ञान, सिप र क्षमताको विकास गरिने पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानको भनाइ छ ।
यो वातावरण, शिक्षा, सम्पदा, सांस्कृतिक, पुरातात्त्विक र ऐतिहासिक मूर्त अमूर्त सम्पदा, वातावरणीय अवस्था (प्राकृतिक सम्पदा) र यससँग आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध बुझ्ने अवसर हो ।
‘महानगरपालिकाले वि. सं. २०६७ सालमा ४० जना स्वयमसेवकमार्फत सम्युवा कार्यक्रम सञ्चालन थालेको हो ।