१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समानुपातिक सिटमा नाता र दातालाई ल्याउन हुन्न : रामहरि खतिवडा

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले समानुपातिक तथा समावेशी सिद्धान्तको मर्म र भावना विपरीत भएका अभ्यासमा सुधारको खाँचो औँल्याएका छन् ।

नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित विधेयकमाथि सुझावसहितको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सभापति खतिवडाले समानुपातिक निर्वाचन प्रणाली नेताको विवेकमा नभई नीति र पद्धतिमा चल्ने प्रणाली स्थापित गर्नु आजको आवश्यकता भएको बताए ।

“समानुपातिक र समावेशीसम्बन्धी विषय अब नेपालबाट टाढा जान सक्दैन । जान पनि हुन्न । राजनीतिलाई स्थिरता दिएर देशलाई बलियो बनाउनेतर्फ लाग्नुपर्छ”, सभापति खतिवडाले भने,“राज्यको मूलधारबाट पछि परेकालाई समेट्नुपर्ने सिटमा नाता र दातालाई ल्याउने काम बन्द गरिनुपर्छ ।”

संविधानले परिकल्पना गरेअनुरूप महिला, पिछडिएका वर्ग र समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिँदै सभापति खतिवडाले पहुँच र प्रभावका  आधारमा एउटै व्यक्तिलाई धेरै पटक समानुपातिक प्रणालीमा ल्याइँदा त्यही समुदायको अर्को व्यक्ति मारमा पर्ने पक्षलाई हेक्का राख्न जरुरी रहेको बताए ।

निर्वाचनसम्बन्धी प्रस्तावित विधेयक समितिमा आएपछि सरोकारवालासँग गहन र व्यापक छलफल हुने उल्लेख गर्दै सभापति खतिवडाले समानुपातिक प्रणाली वास्तमै राज्यको पहुँच र मूलधारबाट छुटेकालाई समेट्ने प्रणाली भएको धारणा राखे । नेपालमा हाल अभ्यासमा रहेको निर्वाचन प्रणाली बारेमा विभिन्न पक्षबाट उठाइएका आवाजलाई राजनीतिक दल, जनप्रतिनिधि र सरकारको ध्यानाकर्षण भइरहेको उनको भनाइ थियो । 

त्यस अवसरमा मञ्चलगायत २३ संघ संस्थाका प्रतिनिधिले नेपालमा निर्वाचन सुधार पहलका लागि ‘जसको जति सङ्ख्या भार उसको त्यति उम्मेदवार’ मूल नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्दै आएको जानकारी दिए । उनीहरूले महिलाभित्रको अन्तर-सामुदायिक समावेशीतालाई सम्बोधन गर्ने, दलित महिलालाई अल्पसङ्ख्यक महिलाद्वारा प्रतिस्थापन गर्ने प्रस्ताव अस्वीकार्य हुने, निर्वाचन क्षेत्र असुरक्षित र संरक्षित गर्ने, समानुपातिक सूचीमा सुधार ल्याउनुपर्नेलगायतका विषयमा सभापति खतिवडाको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस