१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुटवलमा उजिरसिंह फल्चा निर्माण

अ+ अ-

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले सम्पदा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले फल्चा निर्माण गरेको छ । बुटवल वडा नं ५ मा निर्माण भएको सो फल्चाको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नेवारी परम्पराअनुसार शुभारम्भ गर्दै बुटवलको पुरानो पहिचान र स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले फल्चा निर्माण गरिएको बताए । उनले अन्य  जातजाति र संस्कृतिको संरक्षणका लागि चालु आर्थिक वर्षमा अन्य स्थानमा यस्तै फल्चा, चौतारी, विश्रामस्थल निर्माण गरिने जानकारी दिए । 

सो अवसरमा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई बस्न योग्य सहरका रूपमा स्थापित गर्ने उद्देश्यका साथ सार्वजनिक स्थलको संरक्षण र प्रवर्द्धन गर्ने बताए । उनले बुटवललाई सबै जातजातिको अपनत्व हुनेगरी संरचना निर्माण भएको छ भने । वडा नं ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले बुटवलले कला, संस्कृतिका क्षेत्रमा सबैलाई समेटेर लैजानका लागि यस्ता संरचना निर्माण गरेको बताए ।   

प्रतिक्रिया दिनुहोस